धनगढी: भ्रष्टाचार न्यूनिकरण र असल शासनका क्षेत्रमा काम गर्ने संस्था बागेश्वरी असल शासन –बास कैलाली समितीको अध्यक्षमा पाण्डव पुजारा चयन भएका छन् । कार्य कौशलता देखाई उल्लेख्य संस्थागत प्रगति गरेको भन्दै पुजारालाई अध्यक्षमा पुनः कैलालीको अध्यक्षमा चयन गरिएको हो ।
समितीकोे अध्यक्षमा पाण्डव पुजारा, उपाध्यक्षमा दिपिका सोप, सचिवमा चिरन्जीबी छेडाल, सहसचिवमा दिपेन्द्र खड्का, कोषाध्यक्षमा यशोदा बराल, चयन भएका छन् । प्रेस संयोजकमा सन्तोष रोकाया रहेको कार्यसमितीको सदस्यहरुमा चित्रराज भट्ट, चुडामणी दाहाल, बसन्त महर, मेघा गुरुगं, प्रिया बिक, सुस्मिता श्रेष्ठ, धमेन्द्र खड्का, दिपेश जोशी, दिनेश शाही, मनिस बिक चयन भएका छन् । सल्लाहकारहरुमा उमीद बागचन्द, प्रेम प्रशाद ढुगाना, ठाकुर प्रशाद करिया प्रधान, र लक्ष्मि जैशी रहेका छन् ।

अध्यक्ष पाण्डव पुजाराले अब कैलालीका युवाहरु भ्रष्टाचार बिरुद्धको अभियानमा सक्रिय रुपमा प्रस्तुत भई भ्रष्टाचार मुक्त समाज निर्माणमा लाग्नु पर्ने बताए ।
बागेश्वरी असल शासन केन्द्रिय कार्यवाहक अध्यक्ष लुना बुढाथोकी, कार्यवाहक कोषाध्यक्ष दिला शाह र बासका कार्यक्रम संयोजक शुद्ध चौधरी, सुचनाको हकका लागी राष्ट्रिय सञ्जालका धनगढी अध्यक्ष चन्द्रकान्त पनेरु लगायतको उपस्थित रहेको थियो ।
२०५७ सालमा नेपालगन्जमा स्थापना भएको बागेश्वरी असल शासन – बास नेपालका ७७ जिल्लामा शाखाहरु रहेका छन् । २०७६ सालमा बास कैलाली शाखा देशभरी जिल्ला शाखा मध्ये बाट उत्कृष्ट शाखा घोषणा भएको थियो ।