धनगढी : बैतडीका बिधालयमा किशोरीहरु होश भइ ढल्न थालेका छन् । जिल्लाको शिवनाथ गाउपालिका वडा नं २ सर्माली स्थित नागार्जुन माबीका किशोरीहरु एकाएक ढल्न थालेका हुन्। एक हप्ता देखि कक्षा ६ देखि १० सम्मका छात्राहरु बेहोस हुने क्रम बढेको बिद्यालयका प्रधानाध्यपक महामल सिह सावदले जानकारी दिए ।
किशोरीहरु एक पछि अर्को गर्दै दैनिक ५ देखि ७ जना किशोरीहरु बेहोस हुने गरेका हुन ।
“एक हप्ता देखि किशोरीहरु बेहोस भइरहेका छन, दैनिक पाँच सात जना किशोरीहरु बेहोस हुने गरेका छन । प्रधानाध्यापक सावदले भने, ‘एक दर्जनबढी किशोरीहरु बेहोस भएका छन ।’
कक्ष १०मा अध्यानरत किशोरी जमुना कलौनीलाई स्वास्थ्य सस्थामा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको सावदले बताए।