धनगढी : धनगढीको बागेश्वरी सप्लायर्स एण्ड काष्ठ उद्योगद्धारा धुर्मुस सुन्तली फाउन्डेशनलाई १ लाख भन्दा बढी रकम आर्थिक सहयोग गरेको छ । धनगढी ३ चटकपुरमा रहेको बागेश्वरी सप्लायर्स एण्ड काष्ठ उद्योगद्धारा धुर्मुस सुन्तली फाउन्डेशनलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरीएको हो ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि सहयोग जुटाउन धनगढी पुगेका धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल ९धुर्मुस० सहितको टोलीलाई आईतबार बागेश्वरी सप्लायर्स एण्ड काष्ठ उद्योगका सञ्चालक तथा प्रोप्राइटर घनश्याम चौधरीले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका हुन ।
जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा सहयोग जुटाउन टोली धनगढी पुगेको हो। धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले रङ्गशाला खेलका लागि मात्र नभएर सांस्कृतिक रङ्गशाला बन्ने बताए।
रङ्गशालामा देशका ७७ वटै जिल्लाका कला, साहित्य, परम्परा र संस्कृति झल्कने कक्षहरू पनि निर्माण गरिने भएकाले हरेक नागरिकले आफ्नो संस्कृति र पहिचानलाई देश तथा विदेशमा समेत फैलाउन सहयोग गर्नुपर्ने बताए।