धनगढी, १४ चैत
डोटीको जोरायल गाउँपालिका ५ मा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थलमा रहेको चाका केदार मन्दिर मर्मतका लागि स्वदेश र बिदेशमा रहेका स्थानीयहरुले सहयोग गरेका छन् ।
सहयोग गर्नेहरुमा कामका लागि अमेरीकामा रहेका स्थानीयहरु छन् । जोरायल गाउँपालिका ५ गडसेरा लगायत छिमेकी गाउँपालिकाका ब्यक्तिहरुले पनि सहयोग गरेका छन् । वडा नं ५ गडसेरा घर भई हाल अमेरीकामा रहेका नेपाली जनसम्पर्क समितिका अध्यक्ष आनन्द बिष्टले १०० अमेरिकी डलर, त्यसैगरी सुदुर पश्चिम अन्तरास्ट्रिय समाज अमेरिका संयोजक रामबहादुर देउवाले १ सय सुदुरपश्चिम समाज अमेरिका अध्यक्ष गणेश बिष्टले १ सय, डोटी शिखर नपा चुडी घर भई अमेरीकामा रहेका गोबिन्द फुलराले १ सय १, गडसेरा निवासी अस्टिन नेपाली समाज अध्यक्ष भोजराज भट्टले १ सय , गडसेरा निवासी हाल सुदुरपश्चिम समाज अमेरिकाका कोषाध्यक्ष नवीन ओझाले ५१, गडसेरा निवासी हाल अमेरीका गणेश बिष्टले २५, गडसेरा पूर्खेउली घर भई कैलाली मसुरीया बस्ने हाल अमेरीकामा रहेका गणेश प्रसाद ओझाले २५ , पुर्खेउली घर डोटी मन्नाकापडी भई मसुरीया बस्ने हाल अमेरीकामा रहेका एगम मन्नीले २५ अमेरिकी डलर सहयोग गरेका छन् ।
त्यसैगरी मन्दिर मर्मतका लागि गडसेरा देउवानमा बसोवास गर्ने, त्यहाँबाट कैलाली लगायत देशका बिभिन्न ठाउँका बसोबास गर्ने ब्यक्तिहरुले पनि आर्थिक सहयोग गरेका छन् । त्यो रकम चकाकेदारको मन्दिर मर्मत र त्यहाँको विकासका लागि खर्च गर्न उनिहरुकाले आग्रह छ ।