धनगढीः कैलालीमा आइतबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका पुरुषको परिचय अझै खुल्न सकेको छैन।
पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको घोडाघोडी नगरपालिका–५ डोकेबजारस्थित ना ६ ख ७४६१ नम्बरको बस दुर्घटना हुँदा ज्यान गुमाएका पुरुषको पहिचान नभएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले मृतकको पहिचान हुन नसकेको बताए।
धनगढीबाट काठमाडौंको लागि हिडेकोे बस आइतबार राति दुर्घटनामा परेको थियो।