काठमाडौं ३ चैत । नेपाली बजारमा मंगलवार पनि सुनको मूल्य स्थिर रहेको छ । सोमवारदेखि स्थिर रहेको सुनको भाउ मंगलवार दोस्रो दिन पनि स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू। ८६ हजार ६०० मा कारोबार भएको छ । सोमवार पनि सोही मूल्यमा सुन किनबेच भएको थियो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू। ८६ हजार १५० मा कारोबार भएको छ । यस्तै, मंगलवार पनि चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमवार प्रतितोला रू। एक हजार २७५ मा कारोबार भएको चाँदी मंगलवार रू। १ हजार २८० मा खरीदविक्री भइरहेको छ । सोमवारको तुलनामा मंगलवार चाँदी रू। ५ ले बढेको हो ।