धनगढी, २६ फागुन/कैलालीमा सुँगुरको घाँटीमा भीम रावलको नेम प्लेट झुन्ड्याइएको भेटिएको छ। कैलालीको अत्तरियामा उक्त दृश्य देखिएको हो।
सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र छुट्टा छुट्टै पार्टी भएपछि एमालेमा पनि विवाद उत्पन्न भएको छ। एमालेका माधव नेपाल पक्षधर र ओली पक्ष बिच ब्यानर, होडिङबोर्ड टास्ने जुहारी चलिरहेका बेला कैलालीमा झडप समेत भयो। झडपसंगै कैलालीको धनगढीमा लेखराज भट्टको नेम प्लेट कुकुरको घाँटीमा झुन्ड्याइएको अवस्थामा फेला परेको थियो भने भीम रावलको नेम प्लेट सुँगुरको घाँटीमा झुन्ड्याइएको भेटिएको छ।
अहिले सामाजिक सन्जालमा यस्तो कार्य अमानविय भएको भन्दै आलोचना भईरहेको छ ।
आज बुधबार धनगढीमा माधब नेपाल समुह र केपी ओली समुह बिच नेम प्लेट टास्ने बिषयमा झडप समेत भएको थियो।
