• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

नेपाल राष्ट्र बैङ्कले ल्यायो विशेष पुनर्कर्जा, साना उद्यमी, लगानीकर्ता राहत पुग्ने

काठमाडौँ, २५ फागुन/ निर्यात, महिला उद्यमी, फरक ढङ्गले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम÷व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रलाई विशेष खालको पुनर्कर्जा प्रदान गरिने भएको छ । नेपाल राष्ट्र बैङ्कले साना उद्यमी, लगानीकर्ता तथा जलविद्युत् विकासकर्तालाई राहत पुग्ने गरी पुनर्कर्जा कार्यविधि २०७७ को पहिलो संशोधन गरेको छ ।

हाल कायम रहेका निर्यात, महिला उद्यमी, फरक ढङ्गले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम÷व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र तथा १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनालाई विशेष खालको पुनर्कर्जा प्रदान गरिने संशोधित कार्यविधिमा उल्लेख छ । यसरी प्रदान गरिने पुनर्कर्जाको ब्याज ३ प्रतिशत तोकिएको छ ।

नयाँ व्यवस्थाबाट समस्यामा परेका १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनालाई आर्थिक रूपमा माथि उकास्न मद्दत पुुग्ने भएको छ । राष्ट्र बैङ्कले संशोधित कार्यविधिअनुसार गर्न गराउन पनि बैङ्क तथा वित्तीय संस्थालाई निर्देशनदिएको छ ।
कार्यविधिको बुँदा ५ अनुसार पुनर्कर्जालाई तीन प्रकारले वर्गीकरण गरिएको छ । पहिलो वर्गमा लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, दोस्रो विशेष पुनर्कर्जा र तेस्रोमा साधारण पुनर्कर्जा तोकिएको छ । जलविद्युत् आयोजनाले पाउने सुविधालाई विशेष पुनर्कर्जा अर्थात् दोस्रो वर्गमा राखिएको छ ।

विशेष खालको पुनर्कर्जामा राष्ट्र बैङ्कले बैङ्क वित्तीय संस्थालाई दिँदा एक प्रतिशत ब्याज लिने र वित्तीय संस्थाले ग्राहक तथा सेवाग्राहीलाई ३ प्रतिशतसम्म लिन पाउने व्यवस्था गरिएको छ । यस आधारमा जलविद्युत् क्षेत्रले बढीमा एक वर्षका लागि यो सुविधा पाउने पनि कार्यविधिमा उल्लेख छ । जलविद्युत् आयोजनाको हकमा यसअघि कुनै प्रकारको पुनर्कर्जा सुविधा थिएन । चालू आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा समेत १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनालाई पुनर्कर्जा उपलब्ध गराउने उल्लेख छ । संशोधित कार्यविधिको बैङ्कबाट आह्वान गरी इजाजतपत्र प्राप्त संस्थाबाट एकमुष्ट प्रदान हुने प्रतिग्राहक पुनर्कर्जाको अधिकतम सीमा पाँच करोड हुने र यसरी एकमुष्ट प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरिएको छ ।

यस्तै, बैङ्कले ग्राहकअनुसार मूल्याङ्कन गरी उपलब्ध गराउने पुनर्कर्जाको प्रतिग्राहक अधिकतम सीमा २० करोड हुने र यसरी ग्राहकअनुसार प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी नहुने व्यवस्था छ ।

मङ्गलबार, फागुन २५, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली एक रुपैयाँको सिक्का तयार भयो चुच्चे नक्सासहित
डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने
कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.