धनगढी २२ फागुन । नेपाल दलित बिद्यार्थी संघको कैलारी गाउपालिका स्तरिय प्रथम अधिवेशन तथा नेपाल दलित संघको भेला शनिबार हसुलियामा सम्पन्न भएको छ ।
दलित संघका जिल्ला अध्यक्ष प्रेम बिश्वकर्माको अध्यक्षतामा सम्पन्न यस भेलामा विभिन्न पार्टी परित्याग गरि १९५ जनाले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
दलित संघका जिल्ला अध्यक्ष प्रेम बिश्वकर्माको अध्यक्षतामा सम्पन्न यस भेलामा विभिन्न पार्टी परित्याग गरि १९५ जनाले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस कैलालीका सभापती तथा कार्यक्रमका प्रमुख अतिथि नरनारायण शाह(मनु) ले पार्टीमा स्वागत गर्दै पार्टीको साधारण सदस्य प्रदान गर्नु भएको थियो । यस अवसरमा पार्टीका जिल्ला उपसभापति प्रकाश बम,सचिब पुर्ण कुवर,प्रदेश सभा सदस्य टेक बहादुर रैका,धनगढी नगरप्रमुख नृपबहादुर वड,महासमिति सदस्यहरु नारायणदत्त भट्ट,गणेश देउवा,पुरन चौधरी,महाधिवेशन प्रतिनिधि परशुनारायण चौधरी,जिल्ला सदस्य नृपबहादुर सुनार,तराई-मधेश बिभागका केन्द्रीय सदस्य राजसमझ चौधरी,दलित बिद्यार्थी संघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष तपेन्द्र भुषाल लगायतका नेताहरुको सहभागीता रहेको थियो ।
कैलारी गाउपालिकामा तपशिल अनुसार १५ सदस्यीय नेपाल दलित बिद्यार्थी संघको समेत गठन भएको छ । समितकाे अध्यक्ष सुरेश सिके, उपाध्यक्ष गंगा भुल, सचिब टेकेन्द्र परियार, कोषाध्यक्ष राधिका बि.क र सहसचिब ईन्द्रा बि.क रहेका छन् । समितिकाे सदस्यहरु पार्वती बि.क, लक्ष्मी कोली, देब तिरुवा, अर्जुन बि.क, दिपक भुल, राहुल नेपाली, गोमा सि.के, देवी भुल, सुशिला कोली र सुदिप भुल चयन भएका हुन् ।
नेपाल दलित विद्यार्थी संघको भेला हसुलियामा सम्पन्न
नेपाल दलित विद्यार्थी संघको भेला हसुलियामा सम्पन्न