• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सेनिटाइजर खाएर एकै दिन दुई जनाको मृत्यु

धनगढी, फाल्गुन १७/ कोरोना भाइरस संक्रमण रोक्नलाई प्रयोग गरिने सेनिटाइजर सेवन गरेका कारण मोरङमा एकै दिन वृद्ध अवस्थाका दुई जनाले ज्यान गुमाउनु परेको छ।

किटाणु नष्ट गर्नका लागि हातमा लगाइने सेनिटाइजर सेवन गर्दा मृत्यु भएकामा एक वृद्धा महिला र एक वृद्ध पुरुष रहेका छन्। कोरोना महामारी फैलिएयता सेनिटाइजरको प्रयोग बढेको छ। तर यसको सेवनका कारण मानिसको ज्यानै गएको घटना भने मोरङमा पहिलो पटक भएको हो।

सेनिटाइजर सेवनपछि मृत्यु हुनेमा झापाको शिवसताक्षी नगरपालिका–४ घर भइ विराटनगर महानगरपालिका–१७ रघुपति लाइन क्वार्टरमा बस्दै आएकी ६५ वर्षीया अम्बिका गिरी र मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डल रहेका छन्। दुवै जनाको विराटनगरस्थित कोसी अस्पतालमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको जानकारी मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले दिए।

उनका अनुसार गिरीले मदिरा भनेर र मण्डलले पारिवारिक विवादपछि सेनिटाइजर सेवन गरेको पाइएको छ। मदिराको नशामा रहेकी गिरीले गत शनिबार राति ११ बजेतिर बोतलमा रहेको आधा लिटरजति सेनिटाइजर एकै पटकमा पिएको जानकारी उनका श्रीमान छविलाल गिरीले प्रहरीलाई दिएका छन्। छविलाल रघुपति जुट मिल्समा मजदुरी गर्छन्।

पारिवारिक विवादपछि मण्डलले पनि शनिबार राति १० बजेतिर सेनिटाइजर सेवन गरेको खुलेको प्रहरीले जनाएको छ। दुवै जनालाई उपचारका लागि शनिबार राति नै अस्पताल ल्याइएको थियो। कोसी अस्पतालका अनुसार सुरुमा उपचारका लागि ल्याउँदा बोल्न सक्ने अवस्थामा रहेका दुवै जनाको स्वास्थ्य पनि सामान्य नै थियो।

तर केही समयमै दुवै जनाको स्वास्थ्य अवस्था बिग्रिएर गयो। अवस्था गम्भीर बनेपछि मण्डललाई आईसीयूमा राखिएको र उपचारकै क्रममा उनको सोमबार बिहान ८ बजेतिर मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए। उनका अनुसार स्वास्थ्य अवस्था थप जटिल बनेर गएकी वृद्धा महिलाको आकस्मिक कक्षमै बिहान १ बजेतिर मृत्यु भएको हो।

सेनिटाइजर सेवन स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुने बताउँदै डा. दासले सावधानी अपनाउन सबैमा आग्रह गरेका छन्। कोरोना महामारी सुरु भएपछि सेनिटाइजरको प्रयोग अत्याधिक बढेको छ। कोरोनाबाट जोगिन यसको प्रयोग गर्ने गरिए पनि केही खाने बेलामा भने राम्ररी साबुनपानीले हात धुनुपर्ने बताउँदै डा. दासले नभए त्यसले ठूलो असर पुर्‍याउने उल्लेख गरे।

सेनिटाइजरमा पनि विषादी हुने भएकाले अस्पतालले मृत्युको कारण विषादी भएको जानकारी दिएको एसपी खड्काले बताए। उनले घटनाका बारेमा प्रहरीले थप अनुसन्धान थालेको उल्लेख गरे।

सोमबार, फागुन १७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.