धनगढी, फाल्गुन १७/ बैतडीको शिवनाथ गाउपालिकामा गर्भवती महिला लक्षीत कार्यक्रम सुरु भएको छ । गाउपालिकामा “गर्भवती महिलाको घरमा झण्डा, हातमा अण्डा” कार्यक्रम सञ्चालन भएको हो । गर्भवति महिलाहरुलाई पोषीला खानेकुराको किट समेत दिइदैछ । आइतबारदेखि गर्भवती महिलाहरुसँग अन्तरक्रिया कार्यक्रम गरी उक्त कार्यक्रम सञ्चालन भइरहेको गाँउपालिका उपाध्यक्ष कुस्मा चन्दले जानकारी दिए ।
गर्भवती महिलाहरुलाई स्वस्थ खानेकुराको किट पनि दिइदै छ । पोषीला खानेकुरा र सरसफाईका किटहरु दिइन लागिएको हो ।
गर्भाअवस्थामा महिलाहरुले अपनाउन पर्ने स्वास्थ्य सावधानी, पोसीलो खानेकुरामा जोड दिनको लागि महिलाहरुसँग अन्तरक्रिया कार्यक्रम सँगै गर्भवती महिलाहरुको “घरघरमा झण्डा र हातहातमा अण्डा” कायक्रम सञ्चालन भइरहेको गाउपालिकाले जनाएको छ । समान्य अवस्थाका गर्भवती महिलाको घरमा हरियो झण्डा र जटिल स्वास्थ्य अवस्था भएको गर्भवती महिलाको घरमा रातो झण्डा राखिने उपाध्यक्ष चन्दले बताए ।
गर्भवती महिलाको घरमा राखिएको झण्डाकै आधारमा स्वास्थ्यकर्मीले घरमै गएर पनि स्वास्थ्य अवस्थाको बारेमा बुझ्न सक्ने पालिकाले जनाएको छ । कुनै बेला जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा अधिकारकर्मीहरु जानुभयो भने महिलाको बारेमा स्वास्थ्य सल्लाह पर्दान गर्न सकिने भएकाले झण्डा गाड्ने अवधारणा अघि सारिएको चन्दले बताए ।
यस कार्यक्रमले पुर्ण सस्थागत सुत्केरी पालिका स्थापीत गर्न पनि महत्वपुर्ण भुमिका खेल्ने बिश्वास गरिएको छ ।