• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

टिकटकमा भाइरल बन्ने चक्करमा आफ्नै घाँटीमा पासो लगाएपछि…

धनगढी, माघ २४/ कञ्चनपुकी एक बालिकाले टिकटकका कारण सानै उमेरमा ज्यान गुमाएकी छिन् ।

कक्षा ७ मा पढीरहेकी १३ वर्षीया करुणा चन्दलाई टिकटकमा भाइरल बन्ने रहर थियो। कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाकी उनलाई टिकटकमा भाइरल बन्न केही नयाँ र फरक गनुपर्ने भन्दै कसैले सुनाइदिएको थियो। त्यसपछि माघ १२ गते भाइरल बन्न उनले स्टुलमा चढेर पंखामा डोरी बाँधिन। उक्त समयमा करुणाका साथमा सानो भाइ मात्रै थिए। उमेरले सानै भएकाले दिदीले गरिरहेको क्रियाकलापका बारेमा उनी जानकार भएनन्।

बारीमा घाँस काट्न गएकी आमालाई पनि सो कुराको जानकारी हुने कुरै भएन। टिकटक बनाउने बेला करुणाले पंखामा झुण्डाएको डोरी घाँटीमा समेत बाँधेकी थिइन। सोही समयमा खुट्टामुनी रहेको स्टुल खस्न पुग्यो र करुणा पंखामा झुण्डीएको एक आफन्तले बताए। नजिकै रहेका सानो भाइले गर्न केही सकेनन् तर हतारहतार खेतमा रहेकी आमालाई भने घटनाबारे जानकारी गराउन पुगे। घटनाबारे सुनेर आमा हतारिदै घरमा पुगीन तर ढिलो भइसकेको थियो।

त्यतिन्जेलसम्म करुणाले प्राण त्यागीसकेकी थिइन। पेशाले शिक्षक रहेका करुणाका बुवा घटनाका बेला घरमा नभएको एक आफन्तले बताए। उसो त चन्द दम्पतीले यसअघि पनि आफ्नो एक छोरा गुमाइसकेका थिए। केही वर्षअघि करुणाका दाइको पनि नहरमा डुबेर मृत्यु भएको थियो।

उक्त घाउ निको नहुँदै फेरि उनीलाई ठुलै बज्रपात परेका छ। आज करुणा गएको १२ दिन पुगीसक्यो तर उनीहरुका आँसु थामिएका छैनन्। उनीहरु रोइरहेका छन्, छिनछिनमै उनीहरुका आँखा रसाइरहेको आफन्तहरु बताउँछन्।

उक्त घटनाबारे अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयले समेत करुणाले दिउँसो टिकटक बनाएको भन्ने पुष्टि भएको जनाएको छ।

‘दिउँसो दिदीभाई मिलेर टिकटक बनाएको भन्ने छ। त्यसकै साँझ करुणा झुुण्डीएको अवस्थामा फेला परिन’ कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले भने, ‘घटनाको अझै अनुसन्धान भइरहेको छ। पोष्टमार्टम रिर्पाटले पनि झुण्डीएकै कारण उनको मृत्यु भएको पुष्टि गरेको छ।’

शनिबार, माघ २४, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.