• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कसले गर्‍यो भट्टको बीभत्स हत्या ?

धनगढी, माघ २४/ टेक सिँह धामी/ बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी कतोलाकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको छ। भागरथी गाउँपालिका भवननजिकै रहेको सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन्। बुधबार बिहान विद्यालय गएकी भागरथी नफर्केपछि आफन्तले खोजी गर्दा बिहीबार बेलुकी घरभन्दा तीन किलोमिटर दूरीमा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा उनको शव फेला परेको हो।

इलाका प्रहरी कार्यालय खोचलेक र विद्यालयबाट झन्डै दुई किमि दूरीमा घाँटी निमोठिएको, हातमा धारिलो हतियार प्रयोग गरिएको र बलात्कार गरी आधा शरीर निर्वस्त्र पारिएको अवस्थामा शव फेला भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी बिहीबार राति नै घटनास्थल पुगेका थिए। जिल्ला सदरमुकाम गोठलापानीबाट मोटर चढेर झन्डै डेढ घण्टामा घटनास्थल पुगिन्छ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीसहित सरकारी वकिल, जिल्ला अस्पतालका चिकित्सक, सशस्त्र प्रहरीको टोली शुक्रबार बिहान घटनास्थल पुगेका छन्। प्रमुख जिल्ला अधिकारी जोशीले किशोरीको बलात्कारपछि हत्या भएको अनुमान गरिएको जानकारी दिए। ‘फरेन्सिक टिम बोलाएका छौं। घटना मुचुल्का गरी किशोरीको शव जिल्ला अस्पताल लगिएको छ’, प्रमुख जिल्ला अधिकारी जोशीले भने, ‘त्यहाँ चिकित्सको टोलीले पोस्टमार्टम गरेपछि मात्रै विस्तृतमा भन्न सकिन्छ।’ किशोरीको बलात्कारपछि हत्यामा संलग्न दोषी चाँडै पत्ता लगाई कानुनी दायरामा ल्याइने जोशीले बताए।

प्रहरीले किशोरीको मोबाइल ब्याट्री झिकेर फालिएको अवस्थामा घटनास्थलमै फेला पारेको छ। मोबाइलका सूचना केलाउने कार्य पनि प्रहरीले गरिरहेको छ।
प्रदेश सरकारका तर्फबाट संघीय प्रहरी कार्यालय धनगढीका एसएसपी मुकेश सिंहसहितको टोली घटनास्थलतर्फ गएको छ। धनगढीबाट तालिमप्राप्त कुकुर पनि घटनास्थल लगिएका छन्।

खोचलेक–चडेपानी कच्ची सडकको लवलेक स्थानीय भाषामा लडालेकको बीच जंगलमा सडक आसपास बलात्कार गरी घिसारेर ५०–६० मिटर तल झाडीमा शव फालिएको फेला परेको स्थानीय शिवराज भट्टले बताए। ‘घरमा आमा एक्लै भएको भन्दै अभिभावकविहीन भएको मौका छोपेर बलात्कार गरेको हुन सक्छ’, आफन्त भट्टले भने। भागरथीका बुवाको एक महिनाअघि धनगढीमा उपचारका क्रममा मृत्यु भएको थियो। उनका दाइ केही दिनअघि किरिया सकेर भारततिर लागेका थिए।

बैतडीमा १७ वर्षीया किशोरी मृत फेला, बलात्कारपछि हत्या आशंका

उक्त क्षेत्रका प्रदेशसभा सदस्य लीलाधर भट्टले घटनामा संलग्न जो–कोही भए पनि कानुनी दायरामा ल्याउनुपर्ने माग गरे। प्रदेशसभा सदस्य भट्ट पनि घटनास्थल पुगेका छन्। भट्टले मृतककी आमालाई भेटी अपराधीलाई कानुनी दायरामा ल्याएर भागरथीलाई न्याय दिलाउने आश्वासन दिए।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीले बैतडीमा भएको किशोरीको हत्या घटनालाई गम्भीरतासाथ लिएको बताए। घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालय कैलालीबाट एसएसपी जनकराज पाण्डेको नेतृत्वमा सीआईबीसहितको अनुसन्धान टोली शुक्रबार नै बैतडी पठाएको डीआईजी सुवेदीले बताए।
‘तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थल पुगिसकेको छ। सीआईबी र टेक्निकल अनुसन्धान टोली पनि बैतडी पठाएको छु’, सुवेदीले भने, ‘घटनामा टेक्निकल अनुसन्धान सुरु भइसकेको छ।’

विद्यार्थी आन्दोलित
सनातन धर्म माविका विद्यार्थीले शुक्रबार घटनामा संलग्न अपराधीलाई अविलम्ब पत्ता लगाउनुपर्ने माग गरेका छन्। विद्यालयबाट निस्केर इलाका प्रहरी कार्यालयनजिकै रहेको खोचलेक बजारमा विद्यार्थीले प्रदर्शन गरेका हुन्। उनीहरूले कुनै पनि बहानामा बलात्कारपछि हत्यामा संलग्नलाई खोज्न लापरवाही नगर्न चेतावनी दिएका छन्।

शनिबार, माघ २४, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.