धनगढी, माघ २३/ डोटीमा गाउँमा सडक पुगेपछी स्थानियमा खुसी छाएको छ । जिल्लाको बडिकेदार गाउपालिका वडानँ ४ मा सडक सन्जालको पहुच पुगेको छ ।
सडकखण्ड भागरथी निर्माण सेवाले निर्माण गरेको हो । बेलवामा सडक पुगेपछी स्थानियले भागरथी निर्माण सेवाका प्रबन्ध निर्देशक केशब बमलाई भव्य स्वागत गरेका छन् ।
बेलवामा अवस्थित कलरुवा ताललाई पर्यटकिय क्षेत्रका रुपमा बिकास गर्ने उदे्श्यले सडकखण्ड निर्माण गरीएको वडा नँ ४ का अध्यक्ष्य बिरेन्द्र कोटकेनीले बताए । सडक निर्माणले स्थानियलाई सहज भएसँगै पर्यटकहरुका लागी पनी सजिलो भएको उनले बताए । बडिकेदारको बेलवा क्षेत्रमा करीव २० लाख लागतमा सडक निर्माण भएको हो ।