धनगढी, माघ २१/ धनगढीका पत्रकार सीताराम ओझालाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय भएको छ।
युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले ओझालाई उक्त पुरस्कार प्रदान गर्ने भएको हो।
खवरकुञ्ज डटकमका अध्यक्ष रहेका ओझा एक दशक बढी समयदेखि खेलकुद पत्रकारिता गर्दै आएका छन्।