धनगढी, २२ पुस/ वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशका वन मन्त्री माया भट्ट भीम रावलको दाहिने गोजीमा रहेको बताएका छन् ।
नवनियुक्त मन्त्री आलेले बुधबार धनगढीमा बसेको नेकपा सुदूरपश्चिम प्रदेश कमिटिको चौथो बैठकमा बोल्दै नेकपाका नेता भीम रावलको संरक्षणमा सुदूरपश्चिममा वन फडानी भएको र सुदूरपश्चिम प्रदेशका वन मन्त्री माया भट्ट भीम रावलको दाहिने गोजीमा रहेको आरोप लगाएका छन्।
वनमन्त्री आलेले भीम रावलको सेटिङमा सुदूरपश्चिममा वन फडानी भएको दाबी गरेका छन्।
वन फडानीमा काठ व्यवसायीलाइ डाक्टर रावलकै संरक्षण रहेको उनले बताए।
