धनगढी, पुष १९/ काठ दाउरामा लगाइएको बन्देज खुला हुनु पर्नेमा माग राख्दै सामुदायिक वनका पदाधिकारीले आइतबार शुक्लाफाँटा सब डिभिजन वन कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
वन क्षेत्रमा काठ दाउरा सङ्कलनमा लगाइएको बन्देज खुला हुनु पर्ने माग राख्दै तालाबन्दी गरिएको बैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुर सिंह महराले बताए ।
‘पटक पटकको शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरेका कारण तालाबन्दी गरेका छौँ’ उनले भने, ‘वनमा काठ दाउरा सङ्कलनमा लगाएको बन्देज नखोल्दा सम्म तालाबन्दी जारी रहन्छ ।’
मन्त्री परिषद्को जेठ १५ गतेको निर्णय अनुसार वैज्ञानिक वन व्यवस्थापन कार्ययोजा लागु भएका र वैज्ञानिक वन व्यवस्थापन लागु नभएका लगायत सम्पूर्ण वन क्षेत्रमा पूर्ण तरिकाले काठ दाउरा सङ्कलन ओसार पसार र बिक्री वितरणमा पूर्ण रूपमा बन्देज लगाइएको छ ।
