• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

५ बर्ष विदेशमा बिताए, स्वदेश फर्किएर च्याउ खेतीमा रमाए

"अब स्वदेश मै गरिन्छ, स्वदेशमै मरिन्छ "

टेक सिँह धामी, धनगढी, १७ पुस/ कन्चनपुरमा ब्यबसायिक च्याउ खेती फस्टाउदै गएको छ। सुदुरका क्षेत्रहरुमा च्याउको माग र बजार राम्रो भएको भन्दै युवा तथा उधमीहरु ब्यबसायिक च्याउ खेति तर्फ आकर्षित छन्।

बिश्वभर महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइरस तथा कोभिड १९ का कारण समग्र विश्व र नेपालको अर्थतन्त्र धरासायी भएका बेला कयौका रोजगारी गुमेका छन् भने कयौलाइ हातमुख जोर्न अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ।

कोरोना प्रभावका कारण विदेशबाट स्वदेशी माटोलाइ नै कर्मभूमि बनाउछु भन्दै स्वदेश टेकेका कन्चनपुर भिमदत्त नगरपालिका १० गज्जरका राम प्रसाद जोशि अहिले ब्यबसायिक च्याउ खेतिमा रमाएका छन्।

घरधन्दा चलाउनकै निम्ति बिदेशिएका उनी अहिले नेपालमै ब्यबसायमा ब्यस्त छन्। उनले पाँच बर्ष मलेशियाको फ्याक्ट्रीमा १२ देखी १६ घन्टा सकि नसकि काम गरेको तितो अनुभव सुनाए।

विदेशमा लामो समय दुःख गरेका जोशीले स्वदेशमै व्यवसाय गर्ने र घर परिवारसँग बस्ने सोच बनाएका छन्। झण्डै दुइ लाख बढी लागतमा च्याउ खेति सुरु गरेका चन्दले यसलाई व्यावसायिकरूप दिन थालेका हुन्। जोशीले च्याउ खेति संगै बाख्रा पालन पनि सुरु गरेका छ। पछिल्लो समय सुदुरमा च्याउको माग बढ्दै गएकाले बजारको मागलाई दृष्टिगत गरी १ कट्टा जमिनमा व्यवसाय शुरु गरेको उनको भनाइ छ।

जोशी भन्छन्, ‘व्यवसाय राम्रो हुँदै गएको छ, बिदेशमा २४ घन्टा खट्नुपर्ने, स्वदेशमा कम मिहेनत र छोटो समयमानै राम्रो आम्दानी भइरहेको छ। अहिले उत्पादन र बजार राम्रो भएकाले आम्दानी राम्रै हुने अपेक्षा छ।’

लकडाउनको समयमा स्वदेश फर्किएका जोशीलाई व्यवसाय सञ्चालन गर्न डिमेघा कैलालीले सञ्चालन गरेको ‘कोभिड–१९’ प्रभावितका लागि सामाजिक आर्थिक पुनरुत्थान कार्यक्रमले ठूलो सहयोग गरेको उनले बताए। युएनडिपीको आर्थिक सहयोग तथा भीमदत्त नगरपालिकाको समन्वयमा डिमेघा कैलालीद्धारा सञ्चालन भएको उक्त कार्यक्रममा ५ दिने उद्यमशीलता तालिम लिएको उनले सुनाए।

तालिमपश्चात् जोशीलाइ व्यवसाय सुरु गर्न डिमेघा कैलालीले प्रबिधि र थप ५ दिने सीप विकास तालिम प्रदान गर्यो। दुवै तालिम लिएपछि उनी पूर्णरुपमा च्याउ खेतीमा होमिएका छन्। अहिले आफैँले आफ्नै लगानी र जमिनमा च्याउ उत्पादनमा जोड दिएका छन्। आफ्नै सीप र स्थानीय स्रोतबाट व्यवसाय सञ्चालन गर्न सकिने उनी सुनाउँछन्।

यो व्यवसायबाट राम्रो आम्दानी हुनुका साथै समयको पनि सदुपयोग हुने भएकाले यसलाई व्यावसायिक रूप दिन थालेका हुन्। अन्य व्यवसायभन्दा सजिलो, थोरै मिहिनेतमा धेरै आम्दानी लिन सकिने भएका कारण च्याउ खेतीमा आकर्षण भएको जोशिले बताए।

“अब स्वदेश मै गरिन्छ, स्वदेशमै मरिन्छ“

ब्यबसायिक च्याउ खेती थालेका जोशी अब बिदेशी रोजगारीको मुख नताकी स्वदैशमै केहि परिश्रम गर्ने बताउछन्। व्यवसायमट जम्दै गरेका उनी भन्छन् ’अब स्वदैशमै केहि गरिन्छ अब म बिदेश जान्न स्वदेशमै पुर्खाको माटोमै मिहेनत गर्छु।’

शुक्रबार, पुष १७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.