• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

दाजुभाइको लोभलाग्दो कृषि कर्म

धनगढी,  पुष ४/जापान जाने सपना तुहिएपछि सम्मर र ज्ञान खत्रीको जीवनले चार वर्षअघि एकाएक नयाँ मोड लियो । पाँच वर्ष मलेशियामा बिताएर घर फर्केका खत्री दाजुभाइ रोजगारीका लागि अझ राम्रो देश जान चाहन्थे ।

जिन्दगी सोचेझैँ कहाँ छ र रु जापानका लागि बन्नै लागेको काम अन्तिममा आएर बिग्रियो । काठमाडौँ धाउँदाको सास्ती र खर्च उस्तै । पटकपटकको प्रयास बिफल भएपछि खत्री दाजुभाइले विदेशको मोह सधँैका लागि त्यागे ।

गाउँ फर्केपछि बिनाइलम बस्न मनले मानेन । दुई भाइ मिलेर नयाँ अठोट लिए–गाउँमै केही गर्ने, स्वरोजगार बन्ने । गलकोट नगरपालिका–१ दुदिलाभाटीका खत्री दाजुभाइको चिनारी अहिले सफल उद्यमीका रुपमा छ । “विदेशको रहर नभएको होइन, कोशिस पनि गरियो, उताको काम नभएपछि कृषितिर लाग्यौँ”, ३० वर्षीय ज्ञानले भन्नुभयो । जापानको चक्करमा पैसा पनि डुबेको उहाँले सुनाउनुभयो । विदेशको जति कमाइ नभए पनि कृषि व्यवसायबाट आफूहरु सन्तुष्ट रहेको ज्ञानले बताउनुभयो ।

‘खत्री कृषि तथा पशुपालन फार्म’ले उहाँहरुलाई आत्मनिर्भर मात्र बनाएको छैन, इज्जत पनि दिलाएको छ । भाटी बजार नजिकै काउलेमा सञ्चालित फार्ममा झण्डै रु ३० लाख लगानी भएको ज्ञानका दाजु ३५ वर्षीय सम्मरले बताउनुभयो । पच्चीस रोपनी क्षेत्रफलमा रहेको फार्ममा तरकारी खेती, कुखुरा र माछापालन गरिएको छ ।

फार्मको उत्पादनबाट मासिक रु डेढ लाख बढी कमाइ हुने गरेको सम्मरको भनाइ छ । फार्ममा लेयर्स जातका २५ सय कुखुरा छन् । कुखुराले दैनिक एक हजार अण्डा दिन्छन् । एउटा अण्डा फुटकर रु १५ र थोकमा रु साढे १२ मा बिक्री हुन्छ ।

यस्तै कमन, ग्राफ, राहु, असलालगायत माछापालन गरिएको छ । अहिले दश हजार माछाका भुरा पोखरीमा हुर्किरहका छन् । तरकारी बालीतर्फ मौसमअनुसारको खेती हुन्छ । तीन वटा पूर्ण बन्द प्लाष्टिक घर ९टनेल० मा गोलभेँडा, बन्दा, काउली, सिमी, भेण्टा, साग, काँक्रालगायत उत्पादन हुने सम्मरले बताउनुभयो ।

“नर्सरी बनाएर प्याज, काउलीका बिरुवा पनि बेच्छौँ”, उहाँले भन्नुभयो, “उब्जाउ माटो र सिँचाइको पनि सुविधा भएकाले तरकारी राम्रो फल्छ ।” फार्मको सबै उत्पादन गलकोटकै हटियालगायतका बजार क्षेत्रमा खपत हुन्छ । उत्पादन दिन सके बजारको कुनै अभाव छैन । तरकारी खेती थप विस्तार गर्ने योजनामा खत्री दाजुभाइ छन् ।

फार्मको जग्गा आफ्नै मामाको भएकाले नियमित भाडा तिर्नु पर्दैन । छेवैमा रहेको गौँदीखोलाबाट बाह्रैमास सिँचाइ पुग्छ । नजिकैबाट पुष्पलाल मध्यपहाडी लोकमार्ग गएकाले उत्पादनलाई बजार पु¥याउन सहज छ ।

ठाउँको छनोट, संरचना र व्यवस्थापनका दृष्टिबाट पनि फार्म नमूनायोग्य छ । फार्ममा दुई जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । आवश्यक पर्दा दैनिक ज्यालादारीमा थप कामदार राख्ने गरिएको सम्मरले बताउनुभयो । ऋणधन गरेर फार्ममा लगानी गरिए पनि राज्यका निकायबाट यथोचित सहयोग पाउन नसकेको उहाँको गुनासो छ ।

गत आवमा नमूना कुखुरा फार्मका लागि गण्डकी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले रु दुई लाख ५० हजार अनुदान उपलब्ध गराएको थियो । यस्तै खोर सुधारका लागि गलकोट नगरपालिकाले रु ३५ हजार बजेट दिएको सम्मरले बताउनुभयो । वडामार्फत माछापालनका लागि दुई पटक गरी रु ४० हजार बजेट आएको उहाँको भनाइ छ ।

अनुदान सहयोग बढेमा कृषिमा थप लगानी गर्न खत्री दाजुभाइ तयार छन् । “कृषिमै भविष्य देखेर लागेका छौँ, अझै धेरै गर्नुपर्ने छ”, ज्ञानले भन्नुभयो, “आफ्नै ठाउँमा, घर परिवारसँग खुशीसाथ बसेर काम गर्न पाउनु नै हाम्रो खुसी, सन्तुष्टि हो ।” उहाँले अरुको देशमा खर्चने श्रम र पसिना आफ्नै माटोमा सिञ्चित गर्न पाउँदा गौरव लाग्ने गरेको सुनाउनुभयो ।

फार्मको छेउछाउ बाँझो पल्टिएको जग्गामा अलैँचीखेतीसमेत गरिएको सम्मरले बताउनुभयो । उहाँका अनुसार फार्मबाटै माछामासु बेच्ने प्रबन्ध पनि मिलाइएको छ । खत्री दाजुभाइको लगन र मेहनत देखेर छिमेकी दङ्ग पर्छन्, फार्म हेर्न आउने आगन्तुकले प्रशंसा गर्छन् । दाजुभाइ नै काममा उत्तिकै खट्छन् । “दुई भाइ नै विवाहित छौँ, घरपरिवारबाट पनि व्यवसायमा ठूलो साथ, सहयोग छ”, सम्मरले भन्नुभयो । रासस

शनिबार, पुष ०४, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.