• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

लकडाउनमा स्वदेश फर्किएकाको कथा : तरकारी बेचेरै धानिदो रैछ, अब बम्मै किन जानु ?

धनगढी १९ मंसिर/ भारत नगई परिवारको खर्च धान्न मुस्किल हुने कैलाली बर्दगोरिया गाउँपालिका–२ झगडपुरका स्थानीयलाई तरकारी खेतीले स्वदेशमै आत्मनिर्भर बनाएको छ।

दुई वर्ष अघिसम्म चाडबाडमा मात्रै नेपाल आउने र अन्य समय भारतमै रोजगारी गरेर परिवारको आर्थिक व्यवस्थापन गर्ने झगडपुरकी पुष्पादेवी टमटाले तरकारी खेती गरेपछि भारत जानु नपरेको बताइन्।

‘घरसँगै जोडिएको तीन कठ्ठा जमिनमा तरकारी खेती सुरु गरेकी हुँ,’ उनले भनिन्, ‘तरकारी बेचेर खर्च पुग्न थाल्यो, त्यसयता भारत जानुपरेको छैन।’

पुष्पाका श्रीमान सुरेश कामका लागि भारत जाने गर्थे। उनी पनि श्रीमानसँगै उतै गएर जेनतेन काम गर्थिन्। तर, दुई वर्षयता बुढाबुढी घरै बसेर आम्दानी गर्न थालेका छन्।

अहिले पुष्पाका श्रीमानले घरमै किराना पसल सुरु गरेका छन्। फुर्सदका बेला उनले पनि पुष्पालाई तरकारी खेतीमा सघाउँदै आएका छन्।

‘यतै बसेर काम गर्न थालेपछि भारतमा भन्दा राम्रो आम्दानी गर्न सफल भएका छौं,’ पुष्पाका श्रीमान सुरेशले भने, ‘श्रीमतीको साहसले हाम्रो भारत यात्रा रोकिएको हो।’

तरकारी खेती गरेर पुष्पाले तीन छोरा र एक नन्द गरी चारजनालाई स्कुल पढाउँदै आएकी छिन् भने गाउँमा गठन गरिएका समूहमा जेनतेन बचतसमेत गर्न थालेकी छन्।

‘सुरुसुरुमा तरकारी खेतीमा लागेर खर्च धान्न सकिँदैन कि भन्ने डर लाग्थ्यो,’ उनले भनिन्, ‘अब भने तरकारी खेतीबाटै बाँच्न सकिन्छ भन्ने हौसला बढेको छ। भारत गएर काम गर्दा जति दुःख हुन्थ्यो, त्यस्तो दुःख पनि भएको छैन।’

पुष्पाजस्तै झगडपुरका अन्य महिलाले पनि तरकारी खेती सुरु गरेपछि भारत यात्रा रोकिएको बताए।

‘तरकारी खेतीले आम्दानी भएको देखेपछि मैले पनि व्यावसायिक तरकारी खेती सुरु गरेकी छु,’ स्थानीय मनदेवी डगौरा थारुले भनिन्, ‘तरकारी खेती थालेपछि श्रीमानसँग खर्चका लागि हात थाप्नुपरेको छैन।’

पहिला श्रीमान भारत गएर कमाएको पैसामा घर खर्च धान्नुपर्ने भए पनि अहिले तरकारी खेती थालेपछि आफंै घर खर्च चलाउन र छोराछोरीलाई स्कुल पढाउन सक्षम भएको उनले बताइन्।

उनले पनि दुई वर्षदेखि नै तरकारी खेती गर्दै आएको बताइन्। पाँच कठ्ठा जमिनमा तरकारी खेती गरेर छोराछोरीको स्कुल खर्चसँगै घरमा नुनतेलको जोहो गर्न सहज भएको उनी खुसीसाथ बताउँछिन्।

तरकारी खेतीले राम्रो आम्दानी हुन थालेपछि झगडपुरका महिलाले हरियाली महिला कृषक समूह गठन गरेका छन्। समूहमा सकेको रकम बचत गर्दै आएका छन्। बचत भएको पैसा समूहककै महिलाले आवश्यक पर्दा न्यून ब्याज दरमा ऋणका रूपमा प्रयोग गर्दै आएका पुष्पाले बताइन्।

 

शुक्रबार, मङि्सर १९, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.