काठमाडौं । यदि तपाईं आफ्नो चोरी भएको वा हराएको एन्ड्रोइड फोन खोजिरहनु भएको छ भने तपाईंका लागि यो टिप्स उपयोगी हुन सक्छ । आज हामी तपाईंलाई आफ्नो हराएको एन्ड्रोइड स्मार्टफोन कसरी पत्ता लगाउने भन्ने बारेमा बताउँदै छौं ।गुगलको फाइन्ड माई डिभाइस नामक एप वा वेबसाइटको माध्यमबाट तपाईं आफ्नो हराएको वा चोरी भएको एन्ड्रोइड फोन फेला पार्न र त्यसलाई लक गर्नका लागि प्रयोग गर्न सक्नुहुनेछ ।
यदि तपाईंले चाहनुभयो भने यो एपबाट आफ्नो हराएको वा चोरी भएको फोनमा रहेका सबै डेटा डिलिट गर्न पनि सक्नुहुन्छ । सँगसँगै सामसङको मोबाइल हो भने हालै सार्वजनिक स्मार्टथिङ्स फाइन्ड नामक एपको समेत प्रयोग गर्न सक्नुहुनेछ ।जसबाट तपाईं आफ्नो हराएको डिभाइसलाई इन्टरनेट तथा मोबाइल नेटवर्क नभएको अवस्थामा समेत ट्र्याक गर्न सक्नुहुनेछ ।
गुगलको ‘फाइन्ड माई डिभाइस’ यसरी प्रयोग गर्नुहोस्
सबैभन्दा पहिला आफ्नो गुगल अकाउन्टमा साइन ईन गर्नुपर्ने हुन्छ । त्यसपछि स्क्रिनमा स्वतः रजिस्टर्ड डिभाइस देखा पर्नेछ । अब तपाईंले आफ्नो डिभाइसलाई लोकेट गर्नका लागि एउटा साउन्ड प्ले गर्न सक्नुहुनेछ ।
यसबाहेक तपाईं डिभाइसलाई लक गरेर त्यसमा रहेका व्यक्तिगत डेटा डिलिट गर्न तथा स्क्रिनमा म्यासेज डिस्प्ले गराएर सुरक्षित समेत गर्न सक्नुहुनेछ । अर्थात वेब पेज इमर्जेन्सीमा आफ्नो एन्ड्रोइड फोन खोज्न, लक गर्न र डेटा इरेज गर्नेजस्ता काम गर्न सक्नुहुनेछ ।यो सबै काम गर्नका लागि तपाईंको एन्ड्रोइड फोन तपाईंको गुगल अकाउन्टसँग कनेक्ट भने हुन जरुरी छ । यसबाहेक फोन टर्न हुन जरुरी छ भने इन्टरनेटसँग जोडिएको हुनुपर्दछ ।यदि तपाईंले एउटै ईमेल एड्रेसबाट कयौं डिभाइस रजिस्टर गराउनु भएको छ भने मेनुमा गएर सही डिभाइस छनौट गर्नुहोस् । हालै मात्र गुगलले एउटा अपडेटबाट आफ्नो सर्च रिजल्ट पेजमा केही नयाँ फिचर थप गरेको छ ।
अब प्रयोगकर्ताले सोझै सर्च रिजल्टबाट आफ्नो अकाउन्टको सहयोगमा कुनै पनि रजिस्टर्ड डिभाइसलाई लोकेट गर्न सक्नेछन् । ‘ह्वेर इज माइ फोन ?’ जस्ता सर्च फ्रेजको प्रयोग गर्दा तपाईं आफ्नो डिभाइसको लोकेसन थाहा पाउन सक्नुहुनेछ ।एकपटक लोकेसन प्राप्त भएपछि तपाईं रिंङ्ग फङसन प्रयोग गर्न सक्नुहुनेछ । यो फङसनका लागि तपाईंले रिङ अप्सनलाई छनौट गर्नुपर्ने हुन्छ । यदि तपाईंसँग ल्यापटप छैन भने पनि चिन्ता लिनुपर्ने जरुरी छैन ।
तपाईं आफ्नो हराएको वा चोरी भएको फोन ट्र्याक गर्नका लागि अरु कसैको फोनको प्रयोग समेत गर्न सक्नुहुनेछ । तपाईंले फोनको ब्राउजर प्रयोग गर्ने ठाउँमा तपाईंले फाइन्ड माइ डिभाइस एप प्रयोग गर्नुपर्ने हुन्छ ।तपाईंले गेस्ट मोड तथा गुगल अकाउन्टको युजरनेम तथा पासवर्डको प्रयोग गरेर साइन ईन गर्न सक्नुहुन्छ । यसरी तपाईं आफ्नो हराएको वा चोरी भएको डिभाइस ट्र्याक गर्न, रिङ दिन, डेटा डिलिट गर्न जस्ता कामका लागि प्रयोग गर्न सक्नुहुनेछ ।
सामसङ ग्यालेक्सी डिभाइस कसरी फेला पार्ने ?
सामसङले हालै ग्यालेक्सी स्मार्टफोन, स्मार्ट वाच, ट्याब्लेट र इयरबड्स खोज्न सहज हुने गरी स्मार्टथिङ्स फाइन्ड नामक एप सार्वजनिक गरेको छ ।यो एपको खास विशेषता के छ भने यसले बिना इन्टरनेट र मोबाइल नेटवर्क हराएका सामसङ ग्यालेक्सी डिभाइस खोज्न सहयोग गर्दछ । कम्पनीले यो एपसँग जोडिएका विवरण शेयर गरेको छ ।
स्मार्ट थिङ्स फाइण्ड एपको प्रयोग यसरी गर्नुहोस्
स्मार्ट थिंक्स फाइण्ड एप खोल्नुहोस् । एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।
‘लोकेट योर डिभाइस एनिटाइम, एनिह्वेयर’ लेखिएको स्पेसमा ट्याप गर्नुहोस् ।
एपले माग गरेको जानकारी भरेर एप चलाउन सुरु गर्नुहोस् ।
तपाईले खोज्न चाहेको डिभाइस वा ग्याजेटको आइकनमा ट्याप गर्नुहोस् ।
अब ‘सर्च नियरबाई’ अप्सनमा ट्याप गर्नुहोस् । यसले डिभाइस खोज्नलाई म्याप तथा अग्मेन्टेड रियालिटी प्रयोग गर्दछ ।
डिभाइस एकपटक ट्रयाक भइसकेपछि अब डिभाइसलाई खोज्न ‘नेभिगेट’ आइकनलाई ट्याप गर्नुहोस् ।
अब ‘रिङ’ अप्सनमा ट्याप गरेर यो प्रक्रियालाई चाँडो बनाउनुहोस् । ताकि तपाईंको स्मार्टवाच प्रयोग गरेर स्मार्टफोन खोज्न सकियोस् ।
स्मार्ट थिंङ्स फाइन्ड एपले डिभाइस कनेक्ट भएको लोकेसन पनि देखाउन सक्छ । यो एप एन्ड्रोइड एट अपरेटिङ भर्सन र त्यसमाथिका भर्सनहरुमा काम गर्दछ । तर डिभाइस स्विच अफ हुँदा यसले काम गर्छ वा गर्दैन, त्यो भने स्पष्ट भएको छैन ।
सामसङको यो एप एप्पलको ‘फाइण्ड माइ आईफोन’ एप जस्तै छ । यदि तपाईंको डिभाइस ३० मिनेटभन्दा लामो समय अफलाइन भयो भने यसले बीएलई सिग्नल उत्पन्न गराउँछ, जुन अन्य डिभाइसले प्राप्त गर्दछ ।
यदि तपाईंले स्मार्टथिंङ्स फाइण्डमार्फत आफ्नो डिभाइस हराएको रिपोर्ट गर्नुभयो भने हेल्पिङ फाइण्डको स्टाटसमा बसेको कुनै पनि नजिकको सामसङ डिभाइसले सामसङको सर्भरलाई त्यसको लोकेसनको बारेमा अलर्ट गरिदिन सक्छ ।त्यसपश्चात तपाईको डिभाइसमा त्यसको नोटिफिकेसन आउँछ । सामसङका अनुसार यस एपले प्रयोगर्कताको सम्पूर्ण डेटालाई इन्क्रिप्ट गरिदिन्छ र सबै कुरा सुरक्षित रहन्छ ।साथै डिभाइसको लोकेसन पनि डिभाइसको स्वामित्वकर्ता बाहेक अरुलाई नखुलाइने कम्पनीले बताएको छ ।