काठमाडौं, २३ असोज/ आज साताको कारोबारको अन्तिम दिन सुनको भाउ तोलामा ९०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य ९४ हजार ८०० रूपैयाँ तोकेको छ।
हिजो छापावाल सुनको भाउ प्रतितोला २०० ले घटेर ९३ हजार ९०० रूपैयाँ तोकिएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य ९४ हजार ३०० रूपैयाँ तोकिएको छ भने चाँदी एक हजार १९५ रूपैयाँ छ।
हिजो चाँदी प्रतितोला एक हजार १८० रूपैयाँ थियो।
