• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

एसईई पास गरेकालाई १ रुपैयाँमै एनसेलको सिम र आकर्षक डेटा

काठमाडौं । निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले हालै एसईई पास गरेका विद्यार्थीहरुका लागि ‘पहिलो सिम’ सार्वजनिक गरेको छ । कम्पनीले विशेष सुविधाको प्याकेज सहित एक रुपैयाँमै यो सिम उपलब्ध गराउने भएको हो ।

एनसेलका अनुसार पहिलो सिममा एक वर्षका लागि अतिरिक्त सुविधा सहित माई फाइभ सेवा उपलब्ध हुनेछ ।साथै पहिलो पटक सय रुपैयाँको रिचार्ज गर्दा ३००० एमबी डेटा सहितका थप सुविधा समेत प्राप्त गर्न सकिनेछ ।यस्तो डेटा प्रत्येक दिन सय एमबीका दरले प्राप्त हुनेछ । यसैगरी प्रत्येक सय रुपैयाँ खर्च गर्दा ३०० एमबी डेटा समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।जसमध्ये सय एमबी अलटाइम डेटाको रुपमा र २०० एमबी फोरजी डेटाको रुपमा रहनेछ ।

पहिलो सिम लिनका लागि विद्यार्थीको एसईई परीक्षा प्रवेश पत्र, नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि र एक प्रति फोटो आवश्यक पर्दछ । यो सिम विद्यार्थीले आफूलाई पायक पर्ने एनसेल सेन्टरबाट सिम लिन सक्छन् ।सिम लिएपछि निःशुल्क माईफाइभ सेवाका लागि आफूलाई सधै सम्पर्कमा रही रहनुपर्ने पाँच वटा एनसेलहरु सजिलैसँग माइफाइभ समुहमा सेट गर्न सकिन्छ ।

नम्बरहरु माईफाइभ समूहमा राखेपछि विद्यार्थीहरुले पहिलो ३० दिनसम्म ती नम्बरहरुमा निःशुल्क कुराकानी गर्न सक्छन् । ३० दिनपछि पनि विद्यार्थीहरुले ती नम्बरहरुमा मात्र रु। ९९ पैसाप्रति मिनेटमा बाँकी ११ महिनासम्म कुराकानी गर्न सक्छन् ।विद्यार्थीहरुले एस्ट्रिक्स५५४४ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार आफू सधै सम्पर्कमा रहनुपर्ने पाँच वटा एनसेल नम्बरलाई माईफाइभ समूहमा राख्न सक्छन् ।

माईफाइभ सेवाको समुहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक रु। ५ शुल्क लाग्नेछ ।पहिलो सिम सुचारु गरेपछि पहिलो दिनको मध्यरात सम्ममा रु। १०० वा सोभन्दा माथिको रिचार्जमा ग्राहकले ३० दिनसम्म हरेक दिन १०० एमबी डेटा बोनसको रुपमा प्राप्त गर्दछन् ।

यस सिमको मेन ब्यालेन्सबाट गरिएको हरेक रु। १०० बराबरको खर्चमा ग्राहकले तीन दिनको समयसीमा रहेको ३०० एमबी ९१०० एमबी अल नेटवर्क र २०० एमबी फोरजी डेटा बोनस डेटा प्राप्त गर्नेछन् । पहिलो सिम अन्तर्गतको यो ब्यालेन्स खर्चमा बोनस सुविधा १२ महिनाको लागि रहनेछ ।

विद्यार्थीले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी डेटा प्याक तथा एस्ट्रिक्स१७११८ह्यास डायल गरी भ्वाइस प्याक खरिद गर्न सक्छन् । त्यस्तै, म्युजिक र गेमिङ प्याकको लागि पनि विभिन्न अप्सनहरु रहेका छन् ।ग्राहकले एस्ट्रिक्स१७१०३ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसारको प्याक खरिद गर्न सक्छन् । यो योजना सुचारु भएको दिन देखि ९० दिनको लागि मान्य रहने छ ।

शनिबार, भदौ २०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली एक रुपैयाँको सिक्का तयार भयो चुच्चे नक्सासहित
डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने
कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.