काठमाडौं । अब फेसबूकबाटै फोटो र भिडियो ड्रपबक्समा ट्रान्सफर गर्न पाइने भएको छ। यसअघि गूगल फोटोजमा यो सुविधा दिएकोमा फेसबूकले बिहिवारदेखि क्लाउड स्टोरेज ड्रपबक्ससँगै ईयू स्टार्टअप कूफरमा यो सुविधा दिएको छ ।
फेसबूकले आफ्नो नयाँ डेटा पोर्टेबिलिटी टूलको प्रयोग गरी प्रयोगकर्तामाँझ यो सुविधा दिन लागेको हो । गत जुन महिनादेखि विश्वभरका फेसबुक प्रयोगकर्ताले गूगल फोटोजमा तस्वीर ट्रान्सफर गर्ने अवसर पाएका थिए ।
अब ड्रपबक्सका लागि पनि यो सुविधा थपिएको छ । यसलाई डेटा ट्रान्सफर प्रोजेक्टको एक भाग भएको बताइएको छ, जसको उद्देश्य फेसबूक, गूगल, माइक्रोसफ्ट र ट्वीटरका फाइल डाउनलोड र ट्रान्सफर गर्नु रहेको छ ।
फाइल ट्रान्सफर हुनुअघि फेसबूकले प्रयोगकर्तालाई आफ्नो पासवर्ड पुनः इन्ट्री गर्न अनुरोध गर्दछ र ट्रान्सफरको क्रममा डेटा इनक्रिप्टेड हुन्छ ।फेसबूकबाट गूगल फोटोज, ड्रपबक्स, कूफरमा फोटो वा भिडिया ट्रान्सफर गर्न सेटिङमा गएर ‘योर फेसबूक इन्फर्मेशन’मा क्लिक गर्नुहोस् ।त्यसपछि ‘ट्रान्सफर अ कपी अफ योर फोटो अर भिडियोज’ मा सेलेक्ट गर्नुहोस् । त्यसपछि पासवर्ड राख्नुहोस् र ‘डेस्टिनेसन’ छनौट गरी ‘कन्फर्म’ गर्नुहोस् ।
(एजेन्सीको सहयोगमा