काठमाडौं, १५ भदौ/ नेपाली बजारमा सुनको मूल्य फेरी उकालो लाग्न थालेको छ । आज पनि सुनको मूल्य सामान्य बढेको छ ।
आज (सोमबार) छापावाला सुनको मूल्य तोलाको ३ सय रूपैयाँले बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार निर्धारण गरिएको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि तोलाको २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ६५ रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ पुगेको थियो । आइतबार पनि सुनको मूल्य प्रतितोला ३ सयले बढेको थियो ।