• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

होटलमा खानेलाई १ सय जरिवाना र खुवाउनेलाई १ महिना कैद गर्ने

धनगढी, ३० साउन/होटल रेस्टुराँमा ग्राहक बसालेर खुवाउने होटल रेस्टुराँ व्यवसायीहरुलाई कडा कारवाही हुने भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले अटेर गरी ग्राहक बसालेर खुवाउने भक्तपुरका होटल रेस्टुराँ व्यवसायीहरुलाई जेल हाल्ने आन्तरीक तयारी गरेको हो ।

कोभिड १९ को उपत्यकामा बढ्दो संक्रमणलाई मध्यनजर गर्दै भक्तपुर प्रशासनले कठोर कदम उठाउने आन्तरीक तयारी गरेको सूचना प्राप्त भएको छ । श्रोतका अनुसार अटेर गर्ने व्यवसायीलाई १ महिना कैद गर्ने आन्तरीक तयारी गरिएको हो । शुक्रवारबाट सिडिओ हुमकला पाण्डे आफै अनुगमनमा निस्कने जानकारी प्राप्त भएको छ । उनले बिहीवार जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुलाई बोलाएर अनुगमन तिब्र बनाउन निर्देशनसमेत दिएकी छन् । मातहतका सुरक्षा प्रमुखहरुलाई बोलाएर उनले होटल रेस्टुरामा ग्राहक बसालेर खुवाउने व्यवसायीलाई तत्काल कारवाहीको दायरामा ल्याउन आदेश दिएकी हुन् ।

भक्तपुर पोस्ट श्रोतका अनुसार प्रजिअ पाण्डेले कडा निर्देशन दिंदै भनेकी छन् ” मैले होटल रेस्टुरामा ग्राहक बसालेर खुवाएको पाएँ भने व्यवसायी मात्र होइन, सुरक्षा निकाय पनि कारवाहीको भागिदार हुन्छ ।” प्रजिअ पाण्डेको कडा निर्देशन संगै बिहीवार साँझबाटै प्रहरीहरु सक्रिय बनेका छन् । उनीहरुले व्यवसायीहरुलाई बिहीवार चेतावनी दिंदै अटेर गरी व्यवसाय गरे जेल हाल्ने सूचना समेत दिएको एक प्रहरी अधिकारीले बताए ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कोभिड १९ संक्रमण नियन्त्रणका लागि कारवाहीलाई कडा गरिएको पुष्टि गरिन् । भक्तपुर पोस्ट संग कुरा गर्दै प्रजिअ पाण्डेले अनुगमनलाई तीब्र बनाउने बताउँदै होटल रेस्टुराँ मात्र नभई यो अवस्थामा प्रतिबन्धित गरिएको सबै खाले व्यवसाय संचालन हुनु नहुने स्पष्ट पारिन् । ”सुरक्षित रहेर होम डेलिभरी सेवाको लागि पो होटल खुला भनेको हो नि, ग्राहक नै बोलाएर खुवाउनु हुँदैन । यस्तोमा संक्रामक रोग नियन्त्रण ऐन आकर्षित हुन्छ र १ सय जरिवाना, १ महिला कैद वा दुवै सजाय हुन्छ ।” उनले भनिन् ।

भक्तपुर पोस्ट श्रोतका अनुसार भने होटलमा खान जाने सेवाग्राहीलाई रु १ सय जरिवाना र खुवाउने व्यवसायीलाई १ महिना कैदको आन्तरीक तयारी जिल्ला प्रशासन कार्यालय भक्तपुरले गरेको छ । त्यसैगरी सैलुनमा कपाल काट्न जानेलाई १ सय जरिवाना र कपाल काट्ने व्यवसायीलाई १ महिना कैद गर्ने तयारी गरिएको श्रोतको दावी छ । व्युटिपार्लर, जिम खाना,खेलकुद क्लब, सभा सम्मेलन, सामुहिक पूजा र फुटपाथ ब्यापारमा पनि पूर्ण बन्देज लगाइने बताइएको छ । त्यतिमात्र होइन, खाद्यान्न र औषधी लगायतका अत्यावश्यक सामाग्रीको किनबेचमा पनि सामाजिक दुरी, हात धुने व्यवस्था लगायत सुरक्षा मापदण्ड पालना नगरेको पाइएमा कार्यस्थलमै कारवाहीको तयारीमा जिप्रका रहेको श्रोतले जनाएको छ ।

पछिल्लो समय कोभिड संक्रमण दर बढेपनि मानिसहरुमा यसप्रतिको डर घटेका कारण संक्रमण नियन्त्रण चुनौतीपूर्ण बनेको देखिन्छ । संक्रामक रोग नियन्त्रणका लागि सिडिओलाई मूख्य जिम्मेवारी प्राप्त भएकोले सिडिओको सफलता र असफलतालाई पनि कोभिडसंग जोडिएर हेर्ने गरिएकाले सिडिओ कडा हुनुको बिकल्प छैन । भक्तपुरमा बिहीवार ५ जना संक्रमित थपिए संगै हालसम्म संक्रमितको संख्या १ सय २ पुगेको छ भने यसमध्ये ५३ जना संक्रमित सन्चो भई घर फर्किसकेका स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण बहादुर मिजारले जनाएका छन् ।

शुक्रबार, साउन ३०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली एक रुपैयाँको सिक्का तयार भयो चुच्चे नक्सासहित
डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने
कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.