कैलाली २९ कात्तिक/भारतले हालै सावैजनिक गरेको आफ्नो नयाँ नक्सामा नेपालि भुमी समावेश गरेको भन्दै नेपालि कांग्रेसले तत्काल कुटनितीक पहल गरी सिमा विवाद समाधान गर्न माग गर्दै आएको छ ।
यसै बिच शुक्रबार महेन्द्रनगरमा भएको एक कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रतिपक्ष दलका नेता डाक्टर रण बहादुर रावलले कम्युनिष्टहरुले राष्ट्रियताको नाममा झुटको खेती गर्दै आएको बताएका छन् ।
नेता रावलले सिमा विवादको दुई हप्ता बितिसक्दासम्म सरकारले स्पष्ट धारणा राख्न नसकेको बताए । उनले भने हाम्रो पार्टी सभापतिले सिमाको विषयमा स्पष्ट धारणा राखीसकेका छन्, तर सरकारमा रहेका दुई कम्युनिष्टहरुले सरकार सिमाको विषयमा विज्ञप्ती समेत निकाल्न सकेका छैनन् ।
उनले कम्युनिष्टहरुले राष्ट्र र राष्ट्रियताको नाममा झुटको खेती बाहेक केही नगर्न नसक्ने बताए । लिपुलेक, कालापानि, लिम्पियाधुरा लगाएतका नेपालीभुमी भारतले अतिक्रमण गरीसक्दा सम्म बोल्न नसक्ने यो कस्तो राष्ट्रवाद हो ? नेता रावलले प्रश्न गरे ।
राष्ट्रियताको नाममा झुटको खेति गर्ने कम्युनिष्ट सरकार किन बोल्न सक्दैन् सिमाको विषयमा : कांग्रेस नेता रावल
राष्ट्रियताको नाममा झुटको खेति गर्ने कम्युनिष्ट सरकार किन बोल्न सक्दैन् सिमाको विषयमा : कांग्रेस नेता रावल
