धनगढी, ७ असोज
नेपाली कांग्रेसका उप–सभापती बिमलेन्द्र निधीले संघीयता र संविधान दुईतिहाईको सरकारबाट खतारामा परेको बताएका छन् ।
कैलालीको धनगढीमा आयोजित नेपाली कांग्रेसको राष्ट्रिय जागरणसभालाई सम्बोधन गर्दै कांग्रेसका उप– सभापती निधीले संविधान,संघियता र लोकतन्त्रको रक्षाका लागि कांग्रेस नेपाली कांग्रेसको खवर्दारी आवश्यक रहेको बताए । संविधानको उल्लेधन गरेर सफत खाएर प्रधानमन्त्री बनेका ओली नेतृत्वको सरकार संविधान मिच्दै हिडेको छ उप–सभापती निधीले भने, जसका कारण नेपालमा कान्डै काण्ड निम्तीएका छन् ।
उप–सभापती निधीले कांग्रेस, कांग्रेसी र मतदाताहरुलाई जोड्नका लागि राष्ट्रिय जागरण अभियान संचालन गरिएको बताए । देशमा महत्वपूर्ण राजनितिक परिवर्तनहरु नेपाली कांग्रेसको नेतृत्वमा भएको बताउदै निधीले भने, काम जस्ले गरेको छ उसैले गर्न सक्छ । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य ईश्वरी न्यौपानेले राष्ट्रपती विद्यादेबी भण्डारीले पदको गरिमा बुझ्न नसकेर नेकपाको नेताको रुपमा आफुलाई चिनाउन खोजेको बताईन । राष्ट्रिपतिले पदको ख्यालनै नराखेर सभापती शेरबहादुर देउवाको बोली नबुझिएको भन्दै सर्वजनिक कार्यक्रममा खिल्ली उडाउनु भयो केन्द्रिय सदस्य न्यौपानेले भनिन्, विद्यादेबी जहाँ पुग्नु भएको छ त्यस ठाउँमा पुग्ने ब्यबस्थाका लागि जिब्रेमा करेन्ट लगाएको कुराको ख्याल गरिनन् ।
नेपाली कांग्रेसकी नेतृ तथा नीति प्रशिक्षण विभागका सदस्य डाक्टर आरजु राणा देउवाले डेंगुको महामारी भन्दा कम्यूनिष्टहरुको सरकारले भ्रष्टाचारको महाभारी फैलाएको बताईन । जतासुकै भ्रष्टाचार मौलाएको छ नेतृ देउवाले भनिन्, आफुलाई सर्वहाराको पार्टी भन्ने कम्यूनिष्टहरुको जनताले तिरेको करमा रजाई गर्दैछन् । उनले बिवेकशिल पार्टी बिवेक हिन हुदै गएको बताईन । नेतृ देउवाले भनिन्, आफ्ना भोटहरु अरुनै उम्मेदबारलाई बेच्ने कसरी बिवेकशिल होला ? यो लोकतान्त्री चरित्र होईन ।
नेपाली कांग्रेस कैलालीका सभापती नरनारायण शाह मनुले राष्ट्रिय जागरण अभियानलाई सफल पार्ने सबै नेता, कार्यकर्ता र आम जनसमुदायलाई धन्यवाद दिए । राष्ट्रिय जागरण अभियान नेताको भाषण भन्दापनि जनताका बिचार र सुझावहरु लिनका लागि संचालन गरिएको थियो सभापती शाहले भने, धेरै सुझवहरु आएका छन् यसलाई आत्मसाथ गर्दै अगाडी बढिने छ । धनगढी उप–महानगरका नगरसभापती तथा नगरप्रमुख नृपबहादुर वडले दुईतिहाईको सरकार चुलुम्र्म भ्रष्टाचारमा डुबेको बताए । कम्यूनिष्टहरुको उदेश्य भनेको नै नीतिगत रुपमा भ्रष्टाचार गर्ने र त्यसलाई संस्थागत गर्ने रहेछ जो दुईतिहाईको सरकारले गरेको देखियो ।
संघीयता र संविधान खतरामा ः उप–सभापती निधी
संघीयता र संविधान खतरामा ः उप–सभापती निधी
