किशोर तामाङ
पुनर्वास १३ असोज/कञ्चनपुरको पुनर्वासमा आर्थिक बिकास मार्फत विपद जोखिम ब्यवस्थापन कार्यक्रम अन्तर्गत मौषम पूर्वानुमानमा आधारित पुर्वकार्यका लागि वाढी प्रभावित घरघुरीहरुलाई नगद रकम सहयोग गरेको छ ।
कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वास नगरपालिकामा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र मर्सिकोर नेपालको साँझेदारीमा सञ्चालित आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन (एमरेड) परियोजनाले बाढीको उच्च जोखिममा रहेका सिमरी, रातोताल, दशरथबस्ति र विकासबस्ति गरि १७२ घरधुरीहरूलाई आवश्यक पूर्वतयारीका लागि आईएमई मार्फत नगद ५ हजार सहयोग गरेको छ ।
हरेक बर्ष दोदा नदीमा आएको बाढीले सिमरी रातोखाल र दशरथ बस्तीमा बिताण्ड मचाउदै आएको छ । गत महिना आएको बाढीले दोदा नदीको धार परिवर्तन गर्न थाले पछि बाढी प्रभावित क्षेत्रहरुमा त्रास फैलिएको छ। उक्त जोखिम न्यूनीकरणका लागि पुनर्वास नगरपालिकाको समन्वय र मर्सिकोर नेपालको सहयोगमा नेपाल समाज कल्याण संघले सञ्चालन गरेको एमरेड परियोजना अन्तर्गत दशरथ बस्ती नजिकै धार परिवर्तन भएको दोदा नदीमा जैविक तटवन्ध निर्माण कार्यको थालनी गरिएको थियो। तर एक साता नबित्दै उक्त तटबन्ध बगाईदिएको छ। केही दिन देखि परिरहेको अविरल वर्षाका कारण खोलामा बाढी आउँदा उक्त तटबन्धमा प्रयोग गरिएका बास र पलाष्टिक बोराहरु समेत बगाएर लगेको छ।
उक्त क्षेत्रको परियोजनाको तर्फबाट निरिक्षण गर्दै आगामी दिनमा यस योजनालाई पुनः निरन्तरता संगै अहिले तत्काल पूर्वानुमानमा आधारित पूर्वकार्यका लागि बाढीको उच्च जोखिममा रहेका घरधूरीहरूलाई आईएमई मार्फत नगद सहयोग गरिएको एनएनएसडब्ल्यूए एमरेड परियोजनाका टेक्निकल अफिसर पंकज तिवारीले जानकारी दिए । उनले जल तथा मौसम विज्ञान विभागले देशैभर केही दिन निरन्तर अति भारी वर्षा हुने पूर्वानुमान जारी गरेकोले पूर्वानुमानमा आधारित पूर्वकार्यका लागि कञ्चनपुरको पुनर्वास नगरपालिकाका १७२ अति संकटासन्न परिवारलाई एमरेड कार्यक्रम अन्तर्गत नगद सहयोग प्रदान गरिएको बताए । उनले दोदा नदी आसपासका क्षेत्रहरूमा बाढी आउने सम्भावना उच्च रहेकाले संकटासन्न सिमरी, रातोताल, दशरथबस्ति र विकासबस्तिका १७२ घरधुरीहरूलाई आवश्यक पूर्वतयारीका लागि आईएमई मार्फत नगद ५ हजार सहयोग गरिएको बताए ।
सहयोग रकम बुझ्दै लाभग्राहीहरूले विपद्को समयमा दैनिक उपभोग्य वस्तुको जोहो गर्न उक्त रकम निक्कै लाभदायक हुने प्रतिक्रिया दिनु भएको छ । उहाँहरूले विपद्को बेला बिगत दिनहरूमा बाढीले पूर्ण रूपमा विस्थापित गरेपछि मात्र राहत स्वरुप बन्दोबस्तीका सामानहरू बितरण गर्दै आएकोमा हाल बिपद आउनु अघिनै पुर्व तयारीका लागि ‘नगद रकम सहयोग प्राप्त भएकोमा विगतका वर्षहरूमा धेरै दुःख पाइएको अनुभव सुनाउँदै अब भने पूर्व तयारीमा सतर्क रहने स्थानिय नन्द कुमार रानाले बताए ।
यसैगरि नगद रकम आईएमईमा आई तुरून्तै प्राप्त गर्न पाएकोमा सिमरी निवासी ७५ बर्षिया बृद्ध आमा घुम्मा रानाले उक्त रकम द्बारा आफ्ना नानीबाबु हरूका लागि लत्ताकपडा लिन सकिने ,मौषम परिवर्तनका कारण उत्पन हुने रोगहरूको प्राथमिक उपचारकालागि औषधी उपचार गर्न काम लाग्ने बताए ।
पूनर्वास नगरपालिकाका उपप्रमुख भुलिया कुमारी रानाले बाढीजन्य विपद्को उच्च जोखिममा रहेका घरपरिवारहरूलाई पूर्वानुमानमा आधारित पूर्वाकार्यका लागि नगद सहयोग गरेकोमा एनएनएसडब्ल्यूए र मर्सिकोर नेपाललाई धन्यवाद दिए । उनले यो रकमले संकटासन्न घरधुरीहरूलाई खाद्य सामग्री, बालबालिका लागि कपडा, औषधी उपचारलगायत अन्य अत्यावश्यक कामहरूको जोहो गर्न सहज हुने बताए । मर्सिकोर नेपाल र पुनर्वास नगरपालिकाको सहकार्य तथा सामुदायिक विपद् व्यवस्थापन समितिहरूको सहजीकरणमा नगद सहयोग हस्तान्तरण गरिएको नगर उपप्रमुख रानाले बताए ।
पूर्वानुमानमा आधारित पूर्वकार्य एक निश्चित मौसम पूर्वानुमान र जोखिम विश्लेषणको आधारमा पूर्व सहमति अनुसारका पूर्वकार्य गर्ने एउटा तरिका हो। यसमा विस्तृत जोखिम तथा संकटासन्नता मूल्याकन र ऐतिहासिक घटना क्रमका आधारमा कुनै एउटा निश्चित स्थानको लागि जोखिमको तह निर्धारण गरिन्छ। एमरेड परियोजनाले खतराको तहमा पुग्नु अघि पूर्वसुचना दिन ट्रिगरको चयन गर्दछ र ट्रिगर अनुसार जोखिमको तह पुगेमा क्षति न्यूनिकरण गर्न वा यसको प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यले पूर्वानुमानीत संकट आउनुअघि गरिने कार्यहरू गर्दै आइरहेको छ।
पुनर्वास नगरपालिका वडा नम्बर ५ सिमरी,रातोखाल ,वडा नंवर १० बिकास बस्ती र वडा नम्वर २ दशरथ बस्ती सम्मका बाढी प्रभावित समुदायलाई ८लाख ६० हजार रकम हस्तान्तरण गरिएको एन एन एस डब्लु ए का टेक्निकल अफिसर पंकज तिवारीले जानकारी दिए । उनका अनुसार बाढी प्रभावित अतिसंकटासन्न घरधुरीहरूलाई बाढीको सामना गर्न आवश्यक तयारीका लागि आइएमइमार्फत नगद सहयोग हस्तान्तरण गरिएको हो । परियोजनाले पूर्वकार्यका लागि स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्रलाई विद्युतीय जेनेरेटर र प्लाष्टिकको बोरा सिलाउने विद्युतीय मेसिन पनि हस्तान्तरण गरेको छ।