जमुना न्यूरे
धनगढी, १२ भदौ / असार साउनको भेल होस् यात पुष माघको कठ्याङ्गीदो जाडोमा स –साना बालबालिका खालि खुट्टा शरीरमा एक सरो पातलो लाज ढाक्ने कपडामा खुल्ला आकाशमा आफ्नो भविष्य खोज्न बाध्य रहेका छन् । सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा न २ गिरीघाट खोलाको छेउ र कर्णालि राजमार्गको छेउमा रहेको बाढी पिडित बस्तीमा रहेका बालबालिकाहरु आफ्नो भविष्य खुल्ला आकाशमा खोजिरहेका छन् ।
कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर देखि ९ किलो मिटरको दुरीमा रहेको गिरिघाटखोलामा रहेको बाढी पिडीत बस्तीमा एक दशक पुग्दापनि घरछाप्राका त्रीपाल र खर फेरिएका छैन , । २०७१ साल साउनको २८ गते राति साविकको हरिहरपुर गा. वि. स. वडा न ५ हालको बराहताल गाँउपालिका वडा न .२ सिस्नेरीमा भेरी नदीमा आएको बाढी गाँउमा पस्दा त्यहाँको दलित बस्ती बाढी पिडिति बन्न पुगेको हो ।
त्यहि बस्तीका ११ बर्षीय असोक वि. क. एक घण्टा जङ्गलको बाटो हिडेर उनी रानिघाट भेरी माध्यामीक विधालयमा कक्षा ६ मा पढ्न जान्छन्। गिरीघाट खोलामा विगत एक दशक देखी एउटा त्रिपालले छाएको बस्ती भेटिन्छ । हावा ,पानी घाम थेक्दा थेक्दै त्रिपाल पनि थाके तर त्रिपालको डोरी समाउनेहरु भने अझै थाकेका छैनन् । त्यो बस्तीलाई कर्णाली प्रदेशको राजधानी देखी ९ किलोमिटर दुरीमा रहेको गिरिघाट खोला किनारमा रहेको जङ्गलमा कर्णाली राजमार्गले गिजाइ रहेको छ ।
२०७१ सालमा भेरी नदीमा आएको बाढीले सिस्नेरीमा पसेको बाढीले गाँउमा रहेको घरबाससँगै खेतबारी बगाए पछि त्यो बस्तीको उठीबास भएर ज्यान .जोगाउनका लागी जङ्गलमा बस्नु पर्ने बाध्यता भएको बाढीपिडित गिता सुनारले बताइन् ।
त्यस्तै बाढीपिडित बस्तीमा जन्मीएका ८बर्षीय गोपाल सुनार खोला पारि रहेको नेपाल राष्ट्रीय प्राथमीक विधालय धनौलिपुर ,सिस्नेरी सुर्खेत मा कक्षा ३मा पढ्ने गर्छन् । उनले सुगम स्थानका विधालय जस्तो सुविधा पाएका छैन् । कक्षा ५ सम्म पढाई हुने विधालयमा न त शिक्षक पर्याप्त छन् नत शैक्षिक सामाग्री नै छन् । जस्ता पाताको छानो रहेको छ भने भिता पनि जस्ता पाताकै रहेकाले गर्मिको समयमा पोल्ने र चिसोमा बढी जाडो हुने गरेको सुनारले बताउँछन् ।
यता शिविरमा बस्दा सानो छाप्रोको घर हुदा महिला तथा बालबालिकाहरु समस्या छुट्टै रहेका छन् , यहाँ गाँस ,बाँस,कपास शिक्षा ,स्वास्थ्य जस्ता आधारभुत आवश्यकता मौलिक हकमा राखिएको तर त्यो शिविरमा विकासको पुर्वाधार केहि पुगेको छैन् । राजमार्गको छेउ साना छाप्रा छन खुल्ला ठाउँ रहेकाले यहाँ बालबालिका र महिलाहरु असुरक्षि महसुश गरेका छन् ।
एक दशक देखी गिरिघाट सिबिरमा बस्दै आएका रुपलाल सुनार त्यो बस्तीलाई कर्णाली प्रदेशको राजधानी देखी ९ किलोमिटर दुरीमा रहेको गिरिघाट खोला किनारमा रहेको जङ्गलमा कर्णालि राजमार्गले गिजाइ रहेको छ त्यो बस्तीमा आजभोलि युवाहरु देखीदैनन् । धेरै युवाहरु त्यो रात रुपलालको मानस्पटलमा अझै ताजै छ उनले त्यो रात बाढी मात्र देखेनन् बाढीले बर्षदिन खान पुग्ने खेती योग्य जमिन बाढीले बगाए पछि आजभालि तेही बस्तीमा सानो खोकामा चाउचाउ ,विस्कुट , भुजा , लुगाधुने सोडा जस्ता सामान बाटोमा हिड्ने बटुवाले किनिदेला कि भनेर खोकामा गा्रहक कुरिरहेका हुन्छन् ।
५८ बर्षिय शेर बहादुर कामीको १० कठा जमिन भेरी नदीमा आएको बाढी बगाए पछि अहिले उनको ४ जनाको परिवार पाल्न उनी रोजगारका लागी विरेन्द्रनगर बजारमा पुग्नु उनको बाध्यता रहेको छ । उमेर ढल्कीदै गए पनि उनी ज्याला मजदुरी गर्न नगए चुल्होमा आगो बल्दैन , छोराछोरी साना छन। उनको श्रीमती दिर्घ रोगी छन् त्यो भएर शेर बहादुर सकी नसकी ज्याला मजदुर गर्न बाध्य रहेका छन् ।
त्यही बस्तीमा रहेकी ३० बर्षीय गिता वि. क. ले त्यो रात विर्सीन सकेकी छैन किनकी उनले आफ्नो बर्ष भरी खान पुग्ने खेतबारी सगैं आफुलाइ माया गर्ने बज्यैलाइ गुमाएकी छिन् त्यो बाढीमा । अहिले सा–साना छोराछोरी लिएर शिविरमै बस्छीन् ,उनले श्रीमानलाइ ज्यालामजदुरीका लागी भारत पठाएकी छिन् ।
बाढी पिडीत सघर्ष समिती अध्यक्ष सिर्जना बि. क. एक दशक देखी जङ्गलमा बसेका छन् । अहिले गिरिघाटमा ९५ घरपरिवार जङ्गलमै बस्न बाध्य भएका छन् ।