काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षामा सहभागी भएकामध्ये सबैभन्दा धेरै विद्यार्थी गणित विषयमा फेल भएका छन ।
राष्ट्रिय परीक्षा बोर्डले बिहिबार सार्वजनिक गरेको नतिजामा अनुसार सबैभन्दा बढी गणित विषयमा १ लाख ७७ हजार ९८५ जना विद्यार्थी फेल भएका हुन । त्यस्तै विज्ञान विषयमा १ लाख २६ हजार ९३३ जना विद्यार्थी फेल भएका छन् ।
अंग्रेजीमा १ लाख १हजार ३८३ जना, सामाजिक शिक्षामा ७३ हजार ८७७, नेपालीमा ६९ हजार ५३२ जना फेल भएका छन् । त्यसपछि अर्थशास्त्रमा ६९ हजार ४१६ जना, ऐच्छिक गणितमा २० हजार ५५२ जना फेल भएका छन् । ऐच्छिक गणित ऐच्छिक जनसंख्यामा ३५११, वातावरण विज्ञानमा २४३७ र भूगर्भमा ५१७ जना फेल भएका छन् ।