धनगढी २८ बैशाख/नव उद्दमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहनको बिजेता धनगढीका रोशन कठायत बनेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाइमा गारमेन्ट उधोग सञ्चालन गरिरहेका युवा उद्यमी कठायत नव उद्दमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रमको बिजेता बनेका हुन् ।
प्रदेश युवा परिषद् सुदुरपश्चिमको आयोजनामा भएको नव उद्यमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रमको बिजेता बनेका कठायतले नगद १ लाख पुरस्कार तथा प्रमाणपत्र पाएका छन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश युवा परिषद सुदुरपश्चिमका कार्यकारी उपाध्यक्ष युवराज कुवँरले नगद र प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
बिगत ५ बर्षदेखी धनगढीको जाइमा आर सि गारमेन्ट उद्योग सञ्चालन गरिरहेका उनले सो पुरस्कार प्राप्त गरेका हुन् । धनगढीमा सम्पन्न कार्यक्रमको बिजेता बनेका कठायतले २५ लाख लगानी लगाएर ५ बर्षअघी ब्यवसाय शुरु गरेका थिए । हाल १ करोड २५ लाख बराबरको लागत लगाएका कठायतले २२ जना कामदार मात्रै राखेका छन् । गारमेन्टबाट उत्पादित कपडाहरु उनले सुदुरपश्चिम भरी बिक्रि गर्ने गरेका छन् ।
नव उद्यमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहनमा बाजुराको हिमाली गाउँपालिकामा हिमाली नेपाली कागज उत्पादन गर्दै आएका चन्द्रबिर बुढाले दोश्रो स्थान प्राप्त गरेका छन् । बुढाले हिमाली गाउँपालिका कोटमा हिमाली नेपाली हाते कागज उत्पादन गर्दै आएका छन् । उनले नगद ७५ हजार पुरस्कार सहित प्रमाणपत्र पाए । उनलाई जिल्ला युवा शसक्तीकरण समिति कैलालीका अध्यक्ष बाबुराजा श्रेस्ठले प्रमाणपत्र तथा नगद हस्तान्तरण गरेका थिए ।
यस्तै कार्यक्रमको तेस्रो स्थान अछाम चौरपाटी गाउँपालिकामा टिमुर खेती तथा कालिज फर्म सञ्चालन गर्दै आएका गौरव जोशीले प्राप्त गरे । उनलाई पत्रकार महासघं सुदुरपश्चिम प्रदेशका सचिव हरि प्रसाद जोशीले नगद ५० हजार सहित प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
प्रदेश युवा परिषद सुदुरपश्चिमले युवाहरुलाई प्रोत्साहन गर्ने गरी आयोजना गरेको नव उद्यमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रम एकदमै स्वागतयोग्य रहेको कार्यक्रमको बिजेता रोशन कठायतले बताए । यि कायृक्रमले सरकार भएको आभास हुने गरेको उनले बताए । आफ्नै देशमा केही गरिरहेका युवाहरुलाई सानै भएपनि प्रोत्साहन गर्ने कार्यक्रम हरेक जिल्ला र स्थानिय तहमा नियमित सञ्चालन हुनुपर्नेमा उनले जोड दिए ।