धनगढी, १ फागुन / कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मानसिक सन्तुलन ठिक नभएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका – २ का ३१ वर्षिय कृष्णानन्द पन्त रहेका छन् ।
झलारी की मानसिक सन्तुलन ठिक नभएकी २४ बर्षीया ‘क’ (नाम परिवर्तन) लाई आफ्नै घरमा बोलाएर बलात्कार गरेको भन्दै पीडितका आफन्तले जाहेरी दिएका थिए ।
सोही जाहेरीका आधारमा मंगलबार पन्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सहायक प्रवक्ता प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले बताए ।
यस घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले सहायक प्रवक्ता प्रहरी निरीक्षक चन्दले बताए ।