लेखकः लक्ष्मण विसी/
दुई अक्षरको माया भन्ने शब्द कति प्यारो हुन्छ । कति मायालु हुन्छ । माया न हेर्न सकिन्छ, न देख्न सकिन्छ, नत समात्न नै सकिन्छ ।केवल मात्र मनले महशुष गर्न सकिन्छ । यो संसारमा मानिसलाई जीउन सिकाउने खुसी हुन र दुखी हुन सिकाउने पनि माया नै हो । भनिन्छ, नि मायाले नै संसार अडिएको छ जहाँ मायाको आभाषले हामी मानिसको संसार मगमगाई रहेको सुखमय बनिरहेको छ ।माया नभएको भए सायद यो संसार फिक्का हुन्थ्यो होला, मानिस मानिसमा एकता प्रेम साथ सहयोग हुँदैनथ्यो होला ।
मलाई लाग्छ माया जिवन जिउने आधार हो, जिन्दगी बिताउने चौतारी हो र माया सांसारिक भुलभुलैया पनि हो । चाहे जतिसुकै जति मायाको परिभाषा गरौँ माया शब्द त्यत्ति नै अनमोल छ मूल्यवान छ ।यदि हामीले बुझ्न जाने मायाले नै हाम्रो जीवन परिवर्तन गरिरहेको हुन्छ ।आफ्नो घरपरिवार प्रतिको माया, साथीभाईसंगको माया प्रेमिसंगको माया र श्रीमान्श्रीमतीसंगको माया त्यत्ति नै महत्व हुन्छ ।जसले गर्दा सिंगो जीवन नै बर्बाद भएको छ तर सकारात्मक रुपमा पनि माया प्रेमले हजारौँले सुखद जिन्दगी जिएका पनि हुन्छन ।यो संसारमा मायालाई जसले जसरी परिभाषित गरेपनि, जस्तो उत्तर दिन खोजेपनि चोखो माया, मायामै परिणत हुन्छ । चाहे जतिसुकै समय परिवर्तन होस माया गर्ने मान्छे कोशौ टाढा नै किन नहोस यदि उस्ले साचो माया गरेको छ भने उसलाई गर्ने माया परिवर्तन हुँदैन ।
तर समयसंगै आफ्नो रङ फेर्ने मान्छेहरु पनि यहाँ हजारौं हुन्छन जब आफुलाई आवश्यकता पर्दा माया गरेझैं गर्छन । आफ्नो आवश्यकता पूरा भएपछि नचिनेझै गरि हिड्छन । एक अञ्जान व्यक्ति जसरी र भन्छन कि पृथ्वी गोलो छ पहिलाको जस्तो हुँदैन अब समय परिवर्तन भैइसक्यो होला समय परिवर्तन तर यदि मन देखि नै माया गरेका मायालु जोडिहरुले के आफ्नो प्रेम चटक्कै भूल्न सक्छ होला र कुनै दिन त्यहि मायालु प्यारो लाग्ने असाध्यै मन पर्ने जब समय परिस्थितिले अर्कैको हुन्छ तब त्यो माया चटक्कै बिर्सिने कस्तो खालको स्वार्थी समाज छ हाम्रो ।
हामीले हाम्रो समाजमा देखिरहेका हुन्छौं नि माया गर्छु बिहे गर्छु भनेर लिभिङ टुगेदरमा बसेर पछि अलपत्र बनाएर छाडेका हुन्छन के साच्चै माया प्रेम समय बिताउने माध्यम मात्र हो त ? कतिपय यस्ता सम्बन्धहरुपनि छन जहाँ प्रेमी अथवा प्रेमिकाले चाहे जति समय दिन नसकेर छुट्ने गर्दछ। सुरु सुरुमा दिन रात केहि नभनी बोल्ने गर्छन। अनि समय बित्दै जादा कहिले काही अरु बेला जस्तो समय दिन सकिएन भने मायामा संख्या गर्न थाल्छन। मायामा विस्वास निकै जरुरि हुन्छ होइन र वास्तवमा भन्ने हो भने कोहि मानिस यस्ता पनि हुन्छन आफ्नो प्रेम प्राप्तका लागी अरूलाई दुख दिन चाहदैनन र बरू बिछोडिनु परेपनि र सधै तड्पिएर जिउनु परे पनि पिडालाई नै स्विकार गर्दछन । तर कोही मानिस भने आफ्नो प्रेम नपाएर आफुखुसी मर्न तयार हुन्छन भने त्यो चोखो प्रेम होईन र त्यो केवल स्वार्थपन र अकास्मात आएको निर्णय मात्र हो तर चोखो प्रेम गर्नेहरूले हरेक कुरा स्विकार गर्न सक्नुपर्दछ ।
माया त अन्तर हृदयमा निहित पवित्र शब्द हो नि न माया लाउछु भनेर नै लाइन्छ न माया गर्छु भनेर नै गरिन्छ माया बस आफै हुन्छ मनको गहिराइ बाट नै वास्तबमा चोखो माया नै त्यो हो जुन निस्वार्थ र हरेक दुःख र सुख पीडालाई स्विकारका लागी गरिएको हुन । वास्तवमा भन्ने हो भने तेही नै हो चोखो माया हो जुन समय परिवर्तन भए पनि माया परिवर्तन हुदैन गित नै छ नि पूरानो हँुदैन माया जुनि जुनिलाई पनि ।
जसले आफ्नो जिन्दगीको तन मन धन सबैकुरा उसलाई नै सुम्पिन्छ र आफ्नो प्राण रहुन्जेल सम्म उसलाई नै पर्खेर आफ्नो जिन्दगीको सम्पूर्ण समय सक्छ नि हो उसैलाई भनिन्छ एक असल र चोखो माया गर्ने सच्चा प्रेमि केवल हाम्रो जिन्दगीको चोखो माया पबित्र जहाँ पबित्र मन हुन्छ त्यहाँ अबस्य चोखो प्रेम हुन्छ । साच्चै नै माया प्रेम नै जीवनको पूर्णता हो ।
तर माया को साथैसाथै घृणा पनि यो जगतको शृष्टिसँगसँगै आएको भावना वा स्वभाव पनि हो त्यो स्वभाव हामी सबैमा हुन्छ तर घृणा हामीले केवल असत्य र अन्यायलाई मात्रै गर्नुपर्दछ भने छैन माया प्रेम पनि विभिन्न प्रकारका उपमाहरुसँग जोडिएको छ जसमा संसार यो जगतलाई गर्ने माया, जीवनलाई गरिने माया, मानबलाई गरिने माया, नातागोतालाई गरिने माया, आमा बुबालाई गरिने माया, सन्तानलाई गरिने माया आदि फरक फरक हुन्छ तर माया भनेको भित्र मनदेखि गर्नुपर्दछ । दुईदिन मिठो वोलेर कसैको जीवनमाथि खेलवाड गर्नु भनेको एकदमै पाप हो किनकि आज कसैको जीवनमाथि मजाले खेलवाड गरेका तस मान्छे भोलि त्यहि पापले जल्नेछन पश्चतापमा तड्पिनेछन अवश्य । मलाई लाग्छ माया भनेको पाउनु मात्र माया होइन, गुमाउनु पनि माया हो ।
जसरी भगवान श्री कृष्णले हिन्दु धर्मका कथाहरूमा राधाको प्रेममा परेर १६ हजार १ सय७ जनालाई बिहे गरे । तर, उनले चाहेको र माया गरेको राधालाई कहिलै आफ्नो बनाउन सकेनन । भगवान शिवकै कुरा गर्ने हो भने शतिदेवीले पनि त शिवको लागि आफ्नो देह त्याग गरेकि थिइन नि होइन र ? जसरि शतिदेविको पिताले शिवको बारेमा गरेको आलोचना सहन नसकेर अग्नि कुण्डमा हाम फालेर देह त्याग गरिन । त्यसपछि भगवान शिव आफ्नी पत्नी शतिदेविको मृत शरीर बोकेर तीनवटै लोक बौलाएर हिँडेको कथा पनि सुनेकै हौ नि । तसर्थ माया दुई अक्षरले वनेको शब्द हो । जहाँ संसार अटेको हुन्छ । नत यसलाई हेर्न सकिन्छ, न देख्न सकिन्छ, नत समात्न नै सकिन्छ केवल मात्र महसुस् गर्न सकिन्छ । जब मानिसहरु महसुस् गर्ने शव्द खोज्न थाल्छन ।तब एकान्तमा आफै हराउछन् । मायामा मान्छेहरु पागल हुने गर्छन भने कोहि मायामा बाचिरहेका हुन्छन । भनिन्छ, जाने अमृत हो नजाने विष हो त्यसैले माया गर्नूपर्छ तर क्षणिक होइन समय विताउने माध्यम होइन माया त यस्तो होस न जहाँ युगौयुग बाचिरहोस समय परिवर्तन भए पनि माया परिवर्तन नहोस र माया गर्ने मायालु जोडिहरु नछुटिहुन यदि छुटिएर टाढा गए पनि माया नमरोस प्रगाढ होस अमर होस दुई अक्षरको माया ‘।।
निश्चल माया र प्रेमका सागरहरुलाई तृष्णाको पौडी खेल्ने पोखरी बनाएका छन।अनि त्यही पोखरीमा पौडी खेल्दा खेल्दै ढाडिएर रगत पिएको जुका झैं उकुस मुकुस भएका छन।जब लखतरान हुन्छन अनि चुस्ने चुसक र चुसाउने चुसेराहरु अनकन्टार छाँगोमा ढलमलिन्छ्न। बल्ल थाहा हुन्छ वास्तविक जिन्दगी।यदि प्रेमको सहि सदुपयोग हुने हो भने आशातीत मानव जीवन अबश्य हुने थियो।कसैको जिन्दगीमा जसले बास्ले बास्तबिक बुझ्दैन त्यसलाई यो प्रेमले द्विबिधात्मक बनाइदिएको छ। जे होस जिन्दगी र प्रेम एक आर्काको पुरक बस्तु हुन।यो संसार नै मायारुपी जालभित्र अल्झेको छ ।जता माया हुन्छ तेता नै जिन्दगी मोडिन्छ।
माया नै मायाको यो जालोभित्र परे पछि मानवको स्वभाव प्रकृति ,रहनसहन बोलिचाली,ब्यबहरहरु नै आदि अनौठा किसिमका हुन्छन।यो जालका लहराहरु पनि दर्बिला हुन्छन कि यसले टनटनी कसेर वाक्क र दिक्क पार्छन।प्रत्येक प्रकृया यानिकि क्षण क्षणमा मायाका विभिन्न रुपले जिन्दगीका दोबाटो र चौबाटोहरुलाई मृत्युशैयाको गोरेटोमा रबर झैं तन्काउने र खुम्च्याउने गरीरहेका हुन्छन।
माया बिनाका जीवनहरु बिधुर झैं उराठलाग्दो र बिसंगतिपूर्ण हुन्छन।जति उदाहरण दिए पनि माया माया नै हो र जीवन जीवन नै । फरक यतिमत्र हो कि यिनीहरु हामिलाई थाहा नभईकन नै प्रकृयागत भएका हुन्छ्न र संसारीक बन्धनमा नजरबन्धित हुन्छन।भोको मान्छेलाई मात्रै थाहा हुन्छ भोक के हो भनेर अघाएको पेटलाई होइन।हामी पनी आफूसित भएको यो दमित भावनालाई उजागर गरेर बहुमूल््य मानव जीवनलाई सफल बनाउन सक्छौ र जिन्दगीका हरपलहरु सुखमय आनन्दित र सोचेजस्तो बनाउन सक्छौ भन्दा अत्युक्ति नहोला भन्ने लाग्यो,लाग्दैछ,र लाग्नेछ भन्ने आशा छ। आमाले आफ्ना काखमा राखेर प्रेमको स्तनपान गराइरँदा तिनका छोराछोरीले त्यही काखमा दिशापिसाब गरेर हैरान पार्दछन् तापनि आमाको हृदयमा कहिल्यै घृणा र प्रतिशोधको भाव पैदा हुँदैन ।
के यो संसार नै प्रेम मा स्वार्थी छ ?
संसार जस्तोसुकै भएपनि स्वार्थपन खोज्ने तपाईको मन नै स्वार्थी हो, जुन मनले आफुजस्तै देख्दछ । यो संसार स्वार्थ बिनाको भएको भए पनि चल्दैनथ्यो होला किनकी हरेक कुराहरू सम्भव हुनलाई बराबर हुनु जरूरी छ । यदी आज तपाईभित्र स्वार्थपन छ भने तपाईले आज यो संसार स्वार्थी देख्नेछौ तर जब तपाई आफुभित्र भएको स्वार्थपन त्यागेर भोली असल बन्नेछौ भने यो संसारलाई पनि राम्रै देख्नेछौ । तर वास्तबमा यो संसार बदलिएको हुदैन, तपाईको सोच र जिन्दगी नै बदलिएको हुन्छ । तपाई जस्तो सोच्नुहुन्छ तपाईको जिन्दगी पनि त्यस्तै देखिन्छ र त्यस्तै पनि बन्छ ।
यो संसारले तपाईको जिन्दगीमा केही फरक पार्न सक्दैन । संसारलाई स्वार्थी देख्ने तपाईको सोचाईमा स्वार्थपन मिसिएको छ । हरेक कुराहरू बाच्नका लागी संघर्ष गर्न जरूरी हुन्छ । तपाईको जिबन पनि संघर्षमा सिमित छ । जब तपाई आफ्नो प्रेमको मिलनमा हुनुहुन्थ्यो तब त यो संसारलाई स्वार्थी देखेनौ तर आज तपाई दुईको बिछोड भयो र दोष चाही यो संसारलाई दिन चाहनुहुन्छ ।
यो संसारले तपाईको मायालाई मारेको छैन तपाई नै आफ्नो मायालाई मार्न चाहनुहुन्छ र रिसजति यो संसारलाई पोख्न चाहनुहुन्छ । चोखो प्रेम गर्ने प्रेमीहरूको सोच कहिल्यै पनि बदलिन सक्दैन र जब तपाईको माया झुटो थियो तब त तपाईको सोच मिलनमा एउटा र बिछोडमा अर्कै हुन पुग्यो । संसारलाई स्वार्थी मान्ने तपाईको स्वार्थपनको भुललाई आजैदेखी बदल्नुहोस। मैले यो जीवनका मोडहरुलाई कहिल्यै बुझ्न सकिनँ ।
मैले यो जीवनका मोडहरुलाई कहिल्यै बुझ्न सकिनँ । मलाई यी जीवनका मोडहरू अत्यन्तै गतव्यहीन लाग्छन । यी गन्तव्यहीन बाटाहरूमा मान्छे कसरी हिँड्छन् ? म अहिले ठ्याक्कै बचा जस्तो भएको छु । मेरो मानसपटल खाली छ यतिखेर, म शून्य छु र मलाई सबै थोक शून्य लाग्छ, मूल्यहीन छन। तिनीहरू ।जीवनका गन्तव्यहीन बाटाहरू कहाँसम्म छ त्यो मलाई थाहा छैन । मेरा पद्चापहरू अनवरत लम्किरहेछका छन, उन्मुक्तिको खोजीमा। म खोलामा झरेको पातझैँ बगिरहेको छु बगरै–बगर । खोलाको गन्तव्य सुनिश्चित नभएझैँ मेरो पनि गन्तव्य छैन ।
सोचे जस्तो हुन्न जिबन गीतमा भनिएजस्स्तो घटना परिस्थिति मसँग मेल नभए पनि मलाई त्यो गीत एकदमै अद्भुत लागि रहेको छ । म आफूलाई एकदमै एक्लो महसुस गरिरहेको छु । सबैजना छन् तर मलाई कोही नभएको अनुभव भईरहेको छ । आफन्तीहरूको बिचमा म आफूलाई एकदमै एक्लो पाइरहेको छु । मानिरहेको छैन मेरो मन कसैसँग समीप हुन, मलाई सबै निस्सार लाग्छ आजकल । मममा भएका सबै चीजहरूलाई म मिथ्या देख्छू । मैले बुझिरहेको छैन, ममाथि के बित्न आँटिरहेछ १ मैले जिन्दगीलाई निस्सारपूर्ण तरिकाले ग्रहण गरेको हैन, मैले जिन्दगीमा दुःखै दुःख प्राप्त गरेको पक्कै हैन, मेरा जीवनका बस्तीहरू कदा पिउजाडिएका छैनन् तर किन यो मन बहकिन्छ यसरी ? मैले आत्ममूल्यांकन गर्न सकिरहेको छैन ।
म आफूलाई तातो रेगिस्तानमा यन्त्रवत् दौडिरहेको ऊँट सम्झिरहेको छु । म आफूलाई समुद्रमा अनायास बतासिएर गन्तव्यहीन भएको छाल जस्तो ठानिरहेको छु । म आफुलाई मेशिन ठानिरहेछु जो यन्त्रवत् भएर वस्तुहरू उत्पादन गर्नमा विवश छ । म आफूलाई ऊन कात्ने चर्खामा प रतिविम्बित गरिरहेछु, जुन धागो चुडिएर असरल्ल छरिन सक्छ । सायद यो उमेरको प्रतिफल हो कि या अतृप्त मुटुको वेग, मैले केही महसुस गर्न सकिरहेको छैन । यो जिबन किन मैले बुझ्न सकिरहेको छैन आखिर जिन्दगीको परिभाषा क हो ? मेरो जिन्दगि देखेर त् एस्तो लाग्छ जिन्दगि भनेको दुख नै दुख को महासागर हो । येसभित्र आँसु नै आँसु ले भरिपुर्ण भएर पर्खिरहेको छ अनि येही दुखले नै सधै पछ्याहेको छ कहिले पनि यो दुखले बिरानो मानेन मलाई १ सधैभरी साथ दिदै आइरहेको छ । कहिले पनि मान्दैन छोडेर जानलाई अनि मेरो साथ जिन्दगि भरि नै नछोड्ने गरि आएको छ मेरो जिबनमा १ दुख ले भने सधै माया गरेर बसेको छ अनि कहिले पनि नछोड्ने गरि बस्छ तर कस्तो बिडम्बना मलाई जसको आबश्येकता छैन जसलाई म माया गर्दिन आफ्नो बनाउन चाहन्न उसले मलाई सधै आफ्नो बनाउछ र माया गर्छ । जसलाई म आफ्नो बनाउन चाहन्छु उ म संग कहिले पनि नजिकिन खोज्दैन मेरो साथ आउनै मान्दैन अनि टाडा टाडा भाग्छ १ यो सुख कस्तो निस्ठुरी रहेछ म सुखलाई सधै आफ्नो बनाइरहन चाहन्छु ।
तर कहिले उ मेरो जिबन म आफ्नो हुन सकेन कस्तो रहेछ यो जिन्दगि जे चाहन्छु तो हुदैन जे चाहदिन तेही हुन्छ । आज म यो संसारमा आफन्त नै आफन्तहरु को बीच बसेर पनि म एक्लो भैरहेको छु । यो संसार मलाई खाली नै खाली लागिरहेको छ यो सुन्य संसारमा म एक्लै भौतारिरहेको छु । मेरो गन्तब्ये खोजिरहेको छु १ मेरो यो अगी बढ्न नसकेका पाइलाहरुलाई सकी नसकी अगाडी बढाउने कोसिस गरिरहेको छु ।
जीवन भोगाइका अनुभव र गन्तव्य
साँच्चै जीवन र जीवन भोगाइका अनौठो यात्रामा उभिएर जिवनका हरेक उतारचढाव सँगै संघर्षका खुड्किला चाल्ने गर्दछ । जिन्दगी कहिले खुसी उमंग बोकेर त कहिले दुःख पीडा सँगालेर प्रगतिका पाइलाहरुमा लम्कने गर्दछ । यहाँ जीवन यथार्थका सन्दर्भमा मानव जातिका आफ्नै बुझाई र भोगाई भिन्न भिन्नै छन् । यहाँ हरेक मान्छे आफ्नै जिन्दगीका उतार चढाव सँग सम्झौता गरिरहन्छ । वास्तवमा जीवन र जीवनको अर्थ बुझाई फरक–फरक खालको छ । कोही भन्छन–जीवन भोगाइ हो । कोही भन्छन्–जीवन दुई दिनको पाहुना हो । र म भन्छु–जीवन दुःख सुखको संगम हो । सुख त केवल पाहुना हो, दुई दिन आउँछ जान्छ तर दुःख हाम्रो साथी हो । जसले हरेक पल हरक्षण जीवनको साथी बन्छ त जीवनको अभिन्न अंग तर जीवन जिउने त्रममा हामीले हरेक दिन हरेक क्षण वा पल जिन्दगीका तिता नमिठा क्षणहरु भोगिरहेका हुन्छौं । हुन त जीवन भन्नु नै संघर्षको पाटो हो । किनकी संघर्ष विनाको जीवन असम्भव छ ।
तर, हामीले हाम्रो जीवन र जिवनका हरेक क्रियाकलापहरुलाई कुन तरिकाबाट बुझ्ने त हामीले हाम्रो जिवनको अर्थलाई कसरी व्याख्या र विश्लेषण गर्ने खै ? यहाँ हरेक मानिसले हरतरिकाले आफ्नो जीवन व्यतित गरेका छन्, कोही महलमा बसेर ऐश आरामको जिन्दगी व्यतित गरेका छन् त कोही गरिबीको चपेटामा दुःख सुख मिठो मसिनो संग जीवन व्यतित गरेका छन् । आखिर जीवन भन्नू के नै त रहेछ र हैन ? महलमा बस्नेले पनि जीवन बिताएकै छन, बाँचिरहेका छन भने गरिबी सँग जुध्दै झुपरीमा साग र सिस्नु खाएर पनि जीवन त बिताएकै छन होइन ? तर, के भने मानिसको सबैभन्दा ठूलो शत्रु भनेको आत्म सन्तुष्ट हुन नसक्नु हो । जब मानिस इच्छा चाहनाले उड्ने कोशिस गर्छ, उसका पखेटाहरु पलाउन थाल्छ अनि ऊ जीवनका हरखुसी प्राप्त गर्न चाहन्छ । तर कहिलेकाही यति धेरै महत्वकांक्षी हुन्छ नि । ऊ कि नकारात्मकता तर्फ धकेलिन्छ कि त सकारात्मकता तर्फ । जसका कारण ऊ र उसको जीवन परिवर्तन अवश्य गर्दछ ।
परिवर्तन त गर्छ तर यहाँ सवाल कस्तो खालको परिवर्तन समाज रुपान्तरण वा समाज नै दुर्गन्धित त्यो स्वयंम आफैमा भरपर्छ । तर, यहाँ जीवन यथार्थको व्याख्या र विश्लेषण गर्दा केवल मानिस रमाउनै हँुदैन । इच्छा चाहना प्रकट गर्नु नै हुँदैन खाली दुखी निराश मलिन बनाएर भित्र भित्रै कुण्ठित भएर बाँच्नु नै जीवन हो भन्न खोजेकै होइन ? कदापि होइन । जीवनको अर्थ बुझेर समयको गति सँगै चल्न थाल्ने हो भने जीवन सुखी र सरल हुनेछ । वर्तमान समाजमा त्यस्ता कैयौं घटना भइरहन्छन र भइरहने पनि छन् । जीवन जिउने क्रममा कहिलेकाही उतार चढाव आइहाल्छ नि । दुःख पीडा त सबैको जिवनमा आउँछन् तर कतिपय अवस्थामा पीडा ती व्यक्तिले मात्र सहन गर्न सक्छन् । जो दुःख, पीडा, अप्ठ्यारा परिस्थितिमा पनि विचलित हुँदैनन् । दुःखलाई आफ्नो शोखलाई शक्तिमा बदलेर निरन्तर अगाडि बढिरहनुपर्छ । किनकी समय यस्तो चिज हो । जुन न पर्खन्छ, न फर्केर नै आउँछ । जीवन जगत बुझ्नका लागि अधिकांश मानिस आध्यात्मिक तर्फ लाग्ने गर्दछन् भने अधिकांशले सकारात्मक बाटो तर्फ मोडिने गर्दछन । तर, जीवन र जीवन भोगाइ अनुभव आफ्नो आफ्नो पाटो अनुसार भोगिरहन्छन ।
यहाँ हरेक व्यक्तिको जीवन मुल्यवान छ । जीवन जगत आफैमा अनमोल छ । किनकी मानिसको जीवन भनेकै संघर्षको पर्यावाची हो । जन्म पश्चात बाचुञ्जेल संघर्षरत कर्मशिलसँगै मृत्युलाई वरण गर्दछ । तर, कहिलेकाही यिनै जिन्दगी लरखरिदा जीवन शुन्य लाग्छ, निराश लाग्छ । यहाँ सयौं मानिसहरु शुन्यतामा बाँचिरहन्छ त जिन्दगीलाई मौका सम्झेर रमाउने गर्छन । साँच्चै कति प्यारो अनि अनमोल छ । जीवनका अनेक दुःख,पीडा तथा संघर्षका बाबजुद पनि हाँसिरहन्छ, मुस्कुराइ रहन्छ सयपत्री र बामरी फूल जसरी । त्यसैले त जीवन र जीवन भोगाई मध्ये विभिन्न दार्शनिकले बिभिन्न परिभाषामा व्याख्या र विश्लेषण गरेका छन्् नि होइन ? वास्तवमा जीवनको सार भन्नुनै हाँसो खुसी र रोदन जिन्दगीका उतार चढाव सँगै गन्तव्यका पाइला अघि बढिरहन्छ किनकी जीवन भनेको नै संघर्ष हो विना संघर्ष मानिस चन्द्रमामा पुग्दैन ।
बिना संघर्ष एउटा विद्यार्थीले परीक्षा पास गर्न सक्दैन । हो, त्यसरी नै संघर्ष विना जीवनको अर्थ र महत्व बोध हुँदैन । तर, आजभोली मानिसहरु संघर्ष विनाको जीवन चाहन्छन् र त कहिलै सुखी र खुसी हुँदैनन । मलाई त्यो भएन, यो भएन, मेरो भाग्य यस्तो भनेर जीवन देखि हरेश खाने मानिस प्रशस्त भेटिने गरेका छन । तर कर्म गर्नुपर्छ, संघर्ष गर्नुपछर्, स्वाभिमान हुनुपर्छ भन्ने धारणाबाट आज समाज विमुख भएको छ ।
त्यसैकारण मानिस रोगको शिकार हुन्छ ।जीवन भोगाइ देखि वाक्क पर्छ र कुनै विकल्प समाधान नपाए पछि देह त्याग गर्दछ । कति क्रुर, कति बुद्धिहिन, कति कमजोर छौ है । हामी मानिस संघर्ष र चुनौती स्विकार गर्नै चाहन्नौ । हामी यो मान्नै तयार हुँदैनौ कि जीवन कति अमुल्य छ, जीवन र जीवन भोगाई जति महुशुस गर्दा सान्र्दभिक र वास्तविक छ । त्यति जीवनको अर्थ बुझ्न कठिन छ । तसर्थ जीवन र जीवन भोगाई गन्तव्य मार्गमा अघि बढ्न वा जीवन देखि हार मानेर बस् भनेर भन्दैन त एक संघर्षशील प्राणी हो, तैले संघर्ष गर्नैपर्छ र आफ्नो गन्तव्यलाइ पछ्याउँदै अगाडि बढ्दछ ।
त्यसैले पनि संघर्ष गर । तर, हार नखाउ किनकी न संसार एकैनाशको छ न समय नै जीवनदेखि हार मानेर देह त्याग गर्ने बारे नसोच । सकारात्मक बन, सकारात्मक तवरबाट एकपट साँेच । हामीले देह त्याग गरेर आफू मात्र सिद्धिएका छैनौं । आफ्ना रहर इच्छालाई पनि खरानी बनाएका छौ ।त्यसैले ती सपनाको लागि बाँच्नु छ, चाहे जस्तो बाधा अड्चन किन नआओस् जीवन र जीवन भोगाइलाई संघर्ष गरेर गन्तव्य पुग्नुपर्छ भन्ने यस लेखले मानिसलाई सकारात्मक शिक्षा प्रदान गर्दछ
लेखकःलक्ष्मण विसी सामुदायिक रेडियो मेलौली एफएम १०१.२ मेगाहर्ज बैतडीका स्टेशन म्यानेजर हुन ।