बैतडी , १३ भदौ / बैतडीको सुर्नया गाउँपालिका–२ लिस्किटामा गौरापर्वको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
सुर्नया युनाइटेड क्लबको आयोजनामा भोलि भदौ १४ गते श्री वासुदेव माध्यमिक विद्यालयको प्राङ्गणमा क्लबको उद्घाटन समारोहसँगै गौरापर्व विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रममा चर्चित गायक तथा मोडल चक्र बम र चर्चित गायिका हरिना नाथको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै स्थानीय कला, संस्कृति, परम्परा तथा मौलिकता झल्काउने विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत रहने क्लबका अध्यक्ष प्रकाश साउदले जानकारी दिनुभयो।
कार्यक्रममा प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ। गौरापर्वको मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनसँगै स्थानीय समुदायलाई मनोरञ्जन प्रदान गर्ने तथा आपसी एकता र सद्भाव कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको क्लबले जनाएको छ।
सुर्नया युनाइटेड क्लबले गौरापर्व विशेष सांस्कृतिक कार्यक्रममा स्थानीय बासिन्दा, दर्शक तथा शुभेच्छुकहरूलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन आग्रह गरेको छ।
कार्यक्रम भदौ १४ गते वासुदेव माध्यमिक विद्यालयको प्राङ्गण, लिस्किटा–२,मा बिहान १० बजे देखि चक्र बम र हरिना नाथको बिशेष प्रस्तुति हुन गैरहेको कार्यक्रम संयोजक प्रकास साउदले बताए।