• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
मङ्गलबार, भदौ ०९, २०८३
मङ्गलबार, भदौ ०९, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. सभामुख भण्डारीले अप्रत्यक्ष रुपमा मुख्यमन्त्री भट्टलाई सहयोग गर्न देउवालाई पदमुक्त गरे ; के भन्छन् निवर्तमान मुख्यमन्त्री शाह ?

  • २. पुजा धानुक मृत्यु प्रकरण : श्रीमान र नन्द जेल चलान, ३ जना धरौटीमा छुटे

  • ३. एम्बुलेन्सको ‘ठेक्का शैली’माथि प्रश्न उठेपछि मन्त्रालयको कडाइ, अनुमति लिन सबै सञ्चालकलाई निर्देशन

  • ४. अपाङ्ग महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कैलालीमा एक युवक पक्राउ

  • ५. अत्तरियामा बसले किच्दा एक महिलाको घटनास्थलमै मृत्यु

  • ६. अलौकिक प्रसिद्ध देवी बडीमालिकाको परिचय तथा पदयात्रा स्मरण

  • ७. खप्तड यातायातद्वारा ५ वटा ‘आसन एक्सप्रेस’ एसी बस सञ्चालनमा

  • ८. सुदूरपश्चिममा बालमैत्री व्यवसाय र बालश्रममुक्त समाज निर्माणमा निजी क्षेत्रको सामूहिक प्रतिबद्धता

  • ९. गरिमा चौधरीको न्याय माग्दै धनगढीमा विद्यार्थीको प्रदर्शन

  • १०. सुदूरपश्चिम मुख्यमन्त्री भट्टले विश्वासको मत पाए

सुदूरपश्चिम गाईजात्रा सिजन–२ मा बेहडाबाबा मन्दिर व्यवस्थापन समिति प्रवर्धकका रूपमा रहने 

धनगढी, ९ भदौ  / सुदूरपश्चिमको कला, संस्कृति, भाषा, प्रतिभा र सामाजिक चेतनालाई हास्य–व्यंग्यका माध्यमबाट प्रस्तुत गर्न आयोजना हुन लागेको ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ मा बेहडाबाबा मन्दिर व्यवस्थापन समिति पनि प्रवर्धकका रूपमा जोडिएको छ। धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षण र प्रवर्धनसँगै मौलिक कला–संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले समितिले कार्यक्रमलाई साथ दिएको हो।

यही भदौ १७ गते धनगढीस्थित एस.टी.एस. सिनेमा हलमा आयोजना हुने कार्यक्रममा सुदूरपश्चिमको मौलिक कला, संस्कृति, देउडा, गीत–संगीत तथा हास्य–व्यंग्यसँगै समसामयिक सामाजिक विषयवस्तु प्रस्तुत गरिने आयोजकले जनाएको छ।

बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले धार्मिक आस्था र मौलिक संस्कृतिको संरक्षण एकअर्काका परिपूरक रहेको बताए। उनले नयाँ पुस्तालाई आफ्नो धर्म, संस्कृति, परम्परा र मौलिक पहिचानसँग जोड्न सांस्कृतिक कार्यक्रमको महत्वपूर्ण भूमिका हुने बताए।

“बेहडाबाबा जस्ता धार्मिक तथा ऐतिहासिक स्थल हाम्रो पहिचानका आधार हुन्। धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तालाई आफ्ना मौलिक मूल्य–मान्यतासँग जोड्नु आजको आवश्यकता हो। गाईजात्रा जस्तो कार्यक्रमले मनोरञ्जनसँगै सामाजिक चेतना र संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउने भएकाले हामीले प्रवर्धकका रूपमा साथ दिएका हौँ,” अध्यक्ष चन्दले भने।

समितिका आर्थिक संयोजक शुभेष पाठकले पनि धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्नुपर्ने बताए। “धार्मिक स्थल र मौलिक संस्कृतिको संरक्षण केवल मन्दिर व्यवस्थापन समितिको मात्र जिम्मेवारी होइन, समाजका सबै पक्षको साझा दायित्व हो। कला, संस्कृति र सामाजिक चेतना बोकेका कार्यक्रमलाई सहयोग गर्दा हाम्रो मौलिक पहिचान अझ बलियो बन्ने विश्वास छ,” उनले भने।

कार्यक्रमका मूल संयोजक मूल सरस्वती खड्का भट्टले ‘सुदूरपश्चिम गाईजात्रा’ लाई केवल मनोरञ्जनमा सीमित नराखी यहाँको कला, संस्कृति, भाषा, सामाजिक अवस्था र विकृतिविरुद्धको आवाजलाई हास्य–व्यंग्यका माध्यमबाट प्रस्तुत गर्ने उद्देश्य रहेको बताए। उनले स्थानीय कलाकार तथा प्रतिभालाई राष्ट्रिय स्तरमा चिनाउने र सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए।

आयोजकका अनुसार कार्यक्रममा वरिष्ठ हास्य–व्यंग्य कलाकार मनोज गजुरेलसहित सुदूरपश्चिमका चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। व्यंग्य नाटक, कविता, गीत–संगीत, देउडा तथा मौलिक लोक–सांस्कृतिक प्रस्तुतिका साथै लागुऔषध दुर्व्यसन, भ्रष्टाचार, साइबर अपराध, महिला तथा घरेलु हिंसा, बालअधिकार, युवा पलायन र सामाजिक विभेदजस्ता विषयलाई हास्य–व्यंग्यका माध्यमबाट प्रस्तुत गरिनेछ।

‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ भदौ १७ गते अर्थात ८ दिनपछि धनगढीको एस टि एस सिनेमा हलमा आयोजना हुँदैछ।

मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अपाङ्ग महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कैलालीमा एक युवक पक्राउ
बालअधिकारका कार्यक्रमका लागि पर्याप्त बजेट छुट्याउन प्रदेश सरकारसँग माग
तीनवटै सरकारको सहकार्य भएपछि मात्रै नागरिकले संघीयताको अनुभूति गर्न पाउँछन् : मुख्यमन्त्री भट्ट

Recent Posts

  • सुदूरपश्चिम गाईजात्रा सिजन–२ मा बेहडाबाबा मन्दिर व्यवस्थापन समिति प्रवर्धकका रूपमा रहने 
  • अपाङ्ग महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कैलालीमा एक युवक पक्राउ
  • बालअधिकारका कार्यक्रमका लागि पर्याप्त बजेट छुट्याउन प्रदेश सरकारसँग माग
  • तीनवटै सरकारको सहकार्य भएपछि मात्रै नागरिकले संघीयताको अनुभूति गर्न पाउँछन् : मुख्यमन्त्री भट्ट
  • सशस्त्र प्रहरीका आईजीपी पौडेलले गौरीफन्टा नाकाको निरीक्षण गरे

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.