धनगढी, २१ भदौ / जनप्रतिनिधि, नागरीक समाज र अगुवालाई लक्षित गरी सामाजिक द्वन्द्व , प्रभाव र समाज रुपान्तरणबारे अभिमुखिकरण कार्यक्रम शुरु गरिएको आयोजकले जानकारी दिएको छ ।
सामाजिक परिवर्तन केन्द्र काठमाण्डौंको आयोजनामा गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकाका जनप्रतिनिधी, नागरीक समाज र समाजका अगुवाहरु गरी २५ जना ३ दिने तालिममा सहभागी रहेका छन् ।
वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्यहरु, वडा सचिव, नागरीक समाजका प्रतिनिधी न्यायिक समितिका सदस्य लगायतलाई लक्षित गरेर तालिम शुरु गरिएको सामाजिक परिर्वतन केन्द्रका फिल्ड अफिसर तपराज जोशी बताए ।
तालिम विहिवारबाट शुरु भई २३ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।