काठमाण्डौ ३० भाद्र/ देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहँदा भारी वर्षाको सम्भावना रहेको हो । दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति कोसी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारण तया बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ ।
पहाडी भूभागका केही स्थानमा मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा र मधेस प्रदेश तथा कोसी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ ।
विभागले राति देशभर साधारण तया बादल लाग्ने बताएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यम सम्मको वर्षा र हिमपातको पूर्वानुमान छ ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेश तथा र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्यम सम्म वर्षाको पूर्वानुमान रहेको विभागले जनाएको छ ।