काठमाडौं– धरान उपमहानरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन् । २०४८ सालदेखि निरन्तर तत्कालीन एमालेले जितेको ठाँउमा २८ बर्षपछि कांग्रेसले विजयको झन्डा फहराएको छ । यसपटक तत्कालीन एमाले र तत्कालीन माओवादी मिलेर बनेको नेकपालाई समेत कांग्रेसले हराइदिएको छ ।
धरानको अन्तिम मतपरिणाम भने घोषणा भइसकेको छैन । धरानमा २०७४ को निर्वाचनमा एमालेका तारा सुब्बा विजयी भए पनि उनको निधन पछि उपनिर्वाचन भएको हो। कांग्रेसका राई २०७४ को निर्वाचनमा सुब्बासँग पराजित भएका थिए ।
