धनगढी, ३० फागुन ।,डोटीमा भारी असिना पानि परेको छ । जिल्लाको दिपायल सिलगडी नगरपालीका,के आई सिंह गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिका लगाएतका क्षेत्रमा आसिना पानी परेको हो ।
बोगटान फुड्सिल र के आई सिंह गाउँपालिका गहुबालीमा केही क्षेति गरेको बोगटान फुड्सिल गाउँपालिका वडा नं। ५ का वडा सदस्य उज्जल रावलले जानकारी दिए । सानो सानो गहुबाली थिचेको उनले बताए । केआई सिंह गाउँपालिका तिर कम्तिमा २० मिनेट सम्म असिना परेको स्थानिय हर्क रावलले जानकारी दिए । उनका अनुसार गँहु बाली थिचेको छ भने तोरी बारीमा असर गरेको छ ।
जिल्लाका अन्य ठाउँमा पनि असिना परेको बताईएको छ । वर्षेनि बाली पाक्ने समयमा असिना पानि पर्ने गरेको छ । यो वर्ष पनि असिना पर्न सुरु भएकाले गँहु बाली समेटन समस्या हुने भन्दै किसान चिन्तित भएका छन् । सदरमुकाम सिल्गढीमा पनि असिना परेको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिईन । अन्य क्षेत्रको सुचना नआएको र क्षेति बारे विवरण आउन बाकी रहेको उनले बताईन ।