• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कञ्चनपुरको शुक्लाफाँटा प्रवेश गर्न बेलडाँडीबाट नयाँ रुट खुल्यो, मुख्यमन्त्री शाहद्वारा उद्घाटन

धनगढी/शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशका लागि कंचनपुरको बेलडाँडी गाउँपालिका(५ इमिलियाबाट नयाँ रुट खोलिएको छ । बुधबार बेलडाँडीमा आयोजित एक समारोहका बिच मुख्यमन्त्री कमलबहादुर शाहले नयाँ रुटको उद्घाटन गरेका छन् ।

रुट उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले पर्यटन क्षेत्रलाई समृद्धि र विकासको आधार मानेर प्रदेश सरकारले योजना ल्याउने बताए ।प्रदेश सरकारको तर्फबाट निजी क्षेत्रसँग समेत समन्वय गरी पर्यटन क्षेत्रमा लगानी भित्र्याउन केन्द्रित हुने उनले बताए। शाहले समग्र सुदूरपश्चिमको विकासका लागि पर्यटन क्षेत्रको संवर्द्धन, प्रवर्धन गर्न आवश्यक रहेको औँल्याए ।

सङ्घीय सरकारको निर्णय अनुसार बेलडाँडी गाउँपालिकाले निकुञ्ज प्रवेशका लागि रुट निर्माण गरेको हो । अब दक्षिणी क्षेत्रबाट समेत निकुञ्ज प्रवेशका लागि सहज हुने नाट्टा सुदूरपश्चिमका अध्यक्ष पदम विक्रम सिंहले बताए ।बेलडाँडी गाउँपालिकाले तत्कालका लागि चौधर नदीमा काठको पुल निर्माण गरी निकुञ्ज भित्र झन्डै डेढ किलोमिटर लामो ट्र्याक खोलेको छ । चौधर नदीमा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भइसकेको भए पनि निर्माण कम्पनीले काम सुरु भने गरेको छैन ।

अब यथाशीघ्र नदीमा पुल निर्माणको कामलाई तीव्रता दिन निर्माण कम्पनीलाई ताकेता गरिने बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकन गर्न जानेहरूका लागि हालसम्म मझगाउँमा एक मात्र प्रवेशद्वार चलनमा थियो ।त्यसको विकल्पमा बेलडाँडीबाट समेत प्रवेश रुट सञ्चालनमा ल्याइएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मुख्य फाँटा र त्यहाँ देख्न सकिने वन्यजन्तुहरू तथा मनोहर दृश्यावलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक दक्षिणबाट भित्र्याउन सके यहाँको पर्यटनले फट्को मार्ने अपेक्षा गरिएको छ ।

बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.