धनगढी, १० फागुन/एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईको नेतृत्व भैरहेको मेचीबाट सुरु भएको नागरिक बचाउ अभियान धनगढीमा पुगेको छ । पूर्वराजा ज्ञानेन्द्र र पूर्वयवुराज पारसलाई सँगै राखेर दुर्गा प्रसाईंले नागरिक बचाउ अभियान मेचीबाट सुरु गरेका हुन् ।
प्रसाईं पछिल्लो समय धार्मिक गतिविधिमा धेरै सक्रिय हुन थालेका छन् । अभियान मेचीदेखि महाकालीसम्म हुने प्रसाईले बताएका थिए । त्यही कार्यतालिका अनुसार प्रसाई बुधबार धनगढीमा कार्यक्रम गर्ने भएका छन् ।
प्रसाईँका अनुसार अभियानका क्रममा संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणा र व्यवसायिक वातावरणको माग गरेका छन् । १० बजे धनगढी चौराहबाट बिरोध ¥यारी सुरु भएर ११ बजे पार्क चौकमा कोण सभा हुने आयोजकले जनाएको छ । कैलाली उद्योग बाणिज्य संघको अगुवाईमा यो कार्यक्रम हुन लागेको हो ।