धनगढी, ४ फागुन/धनगढीमा फागुन ६ गते शनिवारका दिन विद्युत अवरुद्ध हुने भएको छ ।नेपाल विद्युत प्राधिकरण, धनगढी वितरण केन्द्रले सूचना जारी गर्दै शनिवार धनगढीमा विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको छ । शनिवार बिहान ८ देखि ११ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
वितरण केन्द्रका अनुसार शनिवार सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटाका लागि नयाँ फिडर जडानको काम हुने भएकाले सो क्षेत्रको विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
