सुखड/डिभिजन बन कार्यलय पहलमानपुरले घोडाघोडी नगरपालिकाका लागि डस्बिन वितरण गरेको छ । कार्यालयले घोडाघोडी उधोग बाणिज्य सघलाई १० ओटा डस्बिन बितरण गरेको हो ।
नगरका साडेपानी, पहलमानपुर , सुखड बजार क्षेत्रमा फोहोर ब्यवस्थापनमा सहज होस भन्नका लागि डस्बिन बितरण गरेको डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताए । घोडाघोडी उधोग बाणिज्य सघका अध्यक्ष दुर्गा गौतमले डस्बिन बितरणमा बन कार्यलयले सहयोग गरेको प्रती धन्यवाद छ्न ।
२ ओटा डस्बिन साडेपानी, ३ ओटा पहलमानपुर र ५ ओटा डस्बिन सुखड बजारमा राखिने अध्यक्ष गौतमले जानकारी दिएका छ्न । यस अघि पनि डिभिजन बन कार्यलयले घोडाघोडी ताल क्षेत्रमा २० ओटा डस्बिन बितरण गरेको थियो ।