• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

टीकापुर महोत्सवको तयारी तीव्र, माघ ४ बाट सुरु

टीकापुर – टीकापुर उद्योग वाणिज्य सङ्घले आयोजना गर्न लागेको सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०७९ को तयारी तीव्ररुपमा भइरहेको आयोजकले जनाएको छ ।महोत्सवस्थलमा टेन्ट निर्माणदेखि स्टल बुकिङका काम भइरहेको र महोत्सवको ९० प्रतिशत तयारी पूरा भएको सङ्घको भनाइ छ । सङ्घका अध्यक्ष चक्रपाणी सापकोटाले भने, ‘रमाइलो मेलामा झुलादेखि लिएर टेन्टको सबै काम भएको छ यसमा पनि १० प्रतिशत बाँकी छ ।’

महोत्सव स्थलभित्र मात्रै ९० स्टल राखिएका छन् । जसमा थारु गाउँ, मगर गाउँ, कृषि मेला, शैक्षिक प्रदर्शनी, स्थानीय उत्पादित सामग्री, महिला उद्यमीका स्टल रहेको अध्यक्ष सापकोटाले जानकारी दिए । उनले अघिल्ला महोत्सवभन्दा यसपटकको महोत्सवमा धेरै कुरा परिवर्तन रहेको बताए । ‘बाल उद्यान, शैक्षिक क्रियाकलापका स्टल राखिएका छन्, विद्यार्थीलाई सिकाइ हुने खालका स्टल पनि छन’, स्टल व्यवस्थापन समितिका संयोजक बमबहादुर ओलीले भने ‘टीकापुर बहुप्राविधिक शिक्षालयले कार्यक्रम पनि गर्दैछ ।’ महोत्सवमा स्थानीय व्यापारीलाई स्टलमा १० प्रतिशत छुट दिइएको छ ।

‘औद्योगिक, सांस्कृतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना स् समृद्ध सुदूरपश्चिमको परिकल्पना’ भन्ने मूल नाराका साथ माघ ४ देखि १६ सम्म महोत्सव आयोजना हुँदैछ । महोत्सवस्थलमा व्यापारिक प्रयोजनका लागि निर्माण गरिएका स्टल शुल्क रु दुई हजार पाँच सयदेखि रु २५ हजारसम्म तोकिएको छ । ‘महोत्सवबाट रू ६० लाखसम्म आम्दानी हुने अनुमान गरेका छौँ’, उहाँले भने ‘करिब रू ४० लाख खर्च हुने र टिकटबाट रू ३० लाखसम्म आम्दानी हुने अनुमान छ’, सङ्घका उपाध्यक्ष कृष्ण बजगाईंले भने ।

वाणिज्य सङ्घले सिजनल टिकट बिक्री सुरु गरिसकेको छ । यसपटक विद्यार्थी र अन्यका लागि ६० हजार टिकट छपाइ भएको छपाइ तथा टिकट व्यवस्थापन समितिका संयोजक लोकेश साउँदले बताए । ‘विद्यार्थीका लागि रू ५०, अन्यका लागि रू ७० तोकिएको छ’, साउदले भने ‘रू तीन सयमा सिजनल टिकट बिक्री सुरु भइसकेको छ ।’ विसं २०६५ देखि टीकापुरमा महोत्सव आयोजना गर्न थालिएको हो । महोत्सव स्टेज परिसरमा इन्टरनेट र सुरक्षाका लागि सिसी क्यामरा जडानलगायतका कार्य भइरहेका प्रविधि व्यवस्थापन समिति संयोजक लालबहादुर चौधरीले बताए ।

महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने अपेक्षा सङ्घले लिएको छ । वाणिज्य सङ्घले महोत्सवमा मनोरञ्जनसँगै व्यापारिक विकास र टीकापुरका सम्भाव्यताको खोजी हुने अपेक्षा गरेको छ । ‘महोत्सवमा सयौँ स्थानीय तथा राष्ट्रिय कलाकारका प्रस्तुति रहनेछन’, महासचिव नवराज रिमालले भने ‘हामीले स्थानीय कलाकारलाई समेटेका छौँ । स्थानीयस्तरमा रहेका कला संस्कृति संरक्षण गर्ने उद्देश्य पनि हो । महोत्सवमा विभिन्न विद्यालयका प्रस्तुतिसमेत रहनेछन् । यसका साथै चर्चित कलाकार टीकापुर पुग्नेछन् ।’

आयोजकले महोत्सवका माध्यमबाट यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा समेत सहयोग पुग्ने अपेक्षा लिएको छ । ‘महोत्सवमा आउनेहरु यहाँका पर्यटकीय ठाउँ टीकापुर पार्क, सत्ती कर्णाली सामुदायिक वन, यहाँ ताल तलैया घुम्नेछन’, महासचिव रिमालले भने ‘यस क्षेत्रमा व्यापारिक गतिविधिसमेत बढ्नेछन् ।’

सोमबार, माघ ०२, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.