धनगढी, २३ पुस/सानीमा लाईफ ईन्सुरेन्स धनगढी शाखाले मृत्यु दाबी रकम परिवारलाई हस्तान्तरण गरेको छ । कैलारी गाँउपालिका वडा नम्बर ३का मृतक भासु चौधरीको बिमा रकम श्रीमती गौरीदेवी चौधरीलाई चेक हस्तान्तर गरेको हो ।
मृतक चौधरीले सानीमा लाईफ ईन्सुरेन्समा एक लाखको जिवन बिमा गरेका थिए । मृत्यु भएपछि बिमितको बिमा लाभ बाफतको रकम दुई लाख ६ रकम वडा नम्बर ३का वडा अध्यक्ष सन्तराम चौधरी र सानीमा लाईफ ईन्सुरेन्स सुदूरपश्चिम क्षेत्रिय कार्यालय धनगढीका प्रदेश प्रमुख गणेशप्रशाद उप्रेतीले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
सानिमा लाइफ इन्स्योरेन्सको यस योजनामा दुर्घटनामा मृत्यु भएमा बोनश सहित तीन गुणा बीमांक र कालगतीमा मृत्यु भएमा बोनश सहित दुइ गुणा बीमांक उपलब्ध गराउने सानीमा लाईफ ईन्सुरेन्सका एरिया म्यानेजर हेमन्त सिहले जानकारी दिए । उक्त कार्यक्रममा लौटन हसुलिया शाखा प्रमुख लौटन कठरीयाm एजेन्सी म्यानेजर मुखीराम चौधरी, सुशिल चौधरीको सहभागिता रहेको थियो । भासु चौधरी किड्नी फेल भएर मृत्यु भएको चौधरीको परिवारलाई घरमै गएर गरेको हो ।