महेन्द्रनगर ७ पुस/कञ्चनपुरको बेलौरी नगरपालिका–१ फटैयाको एक घरबाट अज्ञात समुहले नगदसहित गरगहना चोरी गरेको छ ।बुधबार राति फटैयाका राजेन्द्र भट्टको घरबाट अज्ञात समुहले ३ लाख ८० हजार नगदसहित सुनका गरगहना चोरी भएको प्रहरीले जनाएको छ ।पीडित परिवारले प्रहरीमा दिएको निवेदनमा १०÷१२ जनाको समूहले राती १२ बजेतिर घरमा हातहतियार सहित आएर चोरी गरेको उल्लेख छ ।
नगद र गरगहना गरि ७ लाखको सम्पति चोरी भएको निवेदन परेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए ।‘हामिले निवेदन पाए लगत्तै अनुसन्धान अगाडि बढाएका छौं,’ उनले भने, ‘हिन्दी भाषा बोल्नेहरुको समूहले चोरी गरेको पीडित परिवारले बताएका छन’ भारतीय प्रहरीसँगको समन्वयमा शंकास्पद व्यक्तिहरुमाथि निगरानी गरिरहेको उनले बताए ।