धनगढी, ४ पुस/उद्योगी व्यवसायीलाई शान्ति, सुरक्षा प्रदान गरी भयरहित तरिकाले व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन व्यवसायीहरुले माग गरेका छन् । आईतबार कैलालीको अत्तरियामा सुन चाँदी व्यवसायीमाथि गोली प्रहार घटनाले व्यवसायीलाई थप त्रसित बनाएको भन्दै सुरक्षाको ग्यारेण्टी गर्न प्रशासनसंग आग्रह गरेको हो ।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश कमिटिले एक विज्ञप्ती जारी गर्दै दिनदाहाडै सुरक्षाकर्मीको नजिकै भिडभाड युक्त ठाउँमा व्यापारी माथि ज्यान मार्ने उद्देश्यका साथ भएको आक्रमण प्रति घोर भर्त्सना गरिएको छ ।
महासंघका अध्यष शंकर बोगटीद्धारा हष्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘सो घटनाको स्वच्छ छानविन गरी यथाशिघ्र दोषीलाई हिरासतमा लिई कानुनी उपचार दिन हुन सुरक्षा निकायसँग नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश जोडदार माग गर्दछ ।’ व्यवसायी माथि आक्रमण गरेर सुनचाँदी गरगहना सहित नगद तथा जिन्सी सामान लुटपाट भएको थियो । कैलालीको अत्तरियामा आइतबार साँझ भएको गोलिकाण्ड पछिसुनचाँदी पसल बन्द गरिएका छन । व्यवसायीहरुले असुरक्षित भएको भन्दै अत्तरिया क्षेत्रका पसल बन्द गरेका हुन ।
आइतबार साँझ अत्तरियाको पुर्व रोडमा रहेको सशस्त्र प्रहरी कार्यालय नजिकै गोली चल्दा घोडाघोडी नगरपालिका – १ सुख्खडका २८ बर्षीय विकाश सुनार घाइते भएका थिए । नम्बर नखुलेको सेतो कलरको अपाची मोटरसाइकलमा आएका दुईजनाले सुनारमाथि गोलि चलाएका थिए । उनी दुवै जना फरार रहेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डिएसपी० बेदप्रकाश जोशीले बताएका छन ।