धनगढी– केन्द्रीय सहकारी संघ संस्थाको साझेदारीमा कोपोमिस र सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम धनगढीमा सुरु भएको छ । जिल्ला सहकारी संघ लिमिटेडको पहलमा भएको तालिमको आयोजना सहकारी विभाग काठमाडौंले गरेको हो ।
सुदूरपश्चिम प्रदेश रजिष्टार कार्यालयका राजिष्टार टीकाराम थापाको अध्यक्षतामा भएको प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका आर्थिक ममिला मन्त्री प्रकाश रावल रहेका थिए ।
जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष फणिराज सापकोटाले स्वागत मन्तव्य राखेको कार्यक्रममा सुदूरपश्चिम प्रदेश बचत तथा ऋण संघका अध्यक्ष माधवप्रसाद जोशीले सहकारीका बारेमा मन्तव्य राखेका थिए । तालिममा प्रदेशका जिल्ला संघ र विषयगत संघका ३० जनाको सहभागिता रहेको छ ।