धनगढी,२२ मंसिर/कैलालीमा भारत बाट ल्याउदै गरेको भन्सार छलेर नेपाल ल्याएको समान सशस्त्र प्रहरीले बरामद गरेको छ । कैलालीको गोदावरी नगरपालीका २ तेघरी ईलाकामा भारतबाट भन्सार छली नेपालतर्फ ल्याइदै गरेको बेवारिसे अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीकाट खटिएको गस्ति टोलीले चार लाख तेह्र हजार तिस) हजार बराबरको बरावरको समार बरामद गरिएको सशस्त्र प्रहरीको ३४ गण हेडक्वाटर कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक धनबहादुर सिहले जानकारी दिए ।
उनका अनुसार गोदावरी नगरपालीका २ तेघरी ईलाकामा भारतबाट भन्सार छली बेवारिसे मोवाईल, मोवाईल पार्टस, गाडीका सामान र कपडा बरामद गरेका छन् । उक्त समान कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको सशस्त्र प्रहरी उपरिक्षक सिहले बताए ।